नेपाल ग्यासको गोल्डेन जुब्लीः ‘आक्रमक बजार विस्तार, सय करोड रुपैयाँको सेल’

  २०७६ भदौ ८ गते ९:५९     विकासन्युज

काठमाडौं । सोमबार नेपालमा एलपीजी ग्यास भित्रिएको ५० वर्ष पुग्दैछ । ५० वर्ष पुगेको अवसरमा नेपालमा पहिलो पटक ग्यास भित्र्याउने नेपाल ग्यास उद्योगले विभिन्न कार्यक्रम गरेर गोल्डेन जुब्जी मनाउँदै छ । यो अवसरमा आम उपभोक्तालाई मूल्य अनुसारको उचित परिमाण र सुरक्षित ग्यास पुर्याउने प्रतिवद्धता उद्योगले गरेको छ । ग्राहकलाई सहज पहुँच र पूर्ण सुरक्षाको प्रत्याभूति सहित मूल्य अनुसारको उचित परिमाण उपभोक्तालाई उपलब्ध गराउने प्रतिवद्धता रहेका नेपाल ग्यासका कार्यकारी अध्यक्ष गुणचन्द्र विष्टले गरेका छन् ।

इतिहास बोकेको नेपाली ग्यास उद्योगमा ६ वर्षअघि विष्टले किनेका हुन् । यो अवधिमा उद्योग पूर्ण रुपले आधुनिक प्रविधिमा रुपान्तरण भएको छ । सबैको विश्वास जितेको साख जोगाउँदै उनले ग्यासलाई पूर्ण रुपले अटोमेशनमा लगेका हुन् । ग्राहकको सेन्सिटिभिटीलाई हामीले विशेष ध्यानमा राखेर कार्यारम्भ गरेका थियौं,’ उनले भने ‘ग्यास बढी संवेदशील भएकोले हामीले अझ संवेदनशील र गम्भिर भएर काम अघि बढार्यौ ।’

नयाँ व्यवस्थापन आएको यो अवधिमा उद्योगले अन्य तीन स्थानमा प्लान जडान गर्ने कार्यलाई अघि बढाएको छ । बाराको बर्दिबासमा अबको दुई महिनामै नेपाल ग्यासको आधुनिक प्लान्ट संचालनमा आउँदैछ । विष्टका अनुसार चितवनमा पुरानो मेशिन भएपनि अटोमेशनमा लैजाने काम भइरहेको छ ।

ग्यासको वेट र लिकेज मेशिनले डिक्टेट गर्छ । उद्योगलाई अटोमेशनमा लगिसकेको उनले जानकारी दिए । ‘१५० ग्रामसम्मको सेन्सिभिटी छुट सरकारले दिँदा दिँदै पनि हामीले जम्मा ३० ग्रामको सेन्सिभिटिमा उपभोक्तालाई ग्यास उपलब्ध गराइ रहेका छौ,’ उनले भने ।

अहिले काठमाडौंमा २० प्रतिशतको हाराहारीमा नेपाल ग्यासको हिस्सा रहेको उद्योगको अनुमान छ । यो विस्तारै बढ्दै छ । ‘चितवनको ग्यास प्लान्ट पनि अटोमेशनमा जाँदैछ, उनले थपे ‘नेपालगञ्जमा पनि नेपाल ग्यासको चौथो प्लान्ट जडान हुँदैछ । त्यसपछि नेपाल ग्यासको प्लान्ट चार स्थानमा पुग्ने छन् । अहिले उद्योगसँग करिब ५ लाखको हाराहारी सिलिण्डर छ ।

६ वर्षअघि नेपालको ग्यास उद्योगमा चौथो नम्बरमा रहेको कम्पनी अहिले १ नम्बरमा पुगेको छ,’ विष्ट भन्छन् ‘ बजारले पत्यायो । त्यो पत्यारलाई जीवन्त राख्नु व्यवसायीक धर्म हो । उपभोक्ता अनविज्ञता मैले फाइदा लिन भएन,’ उनले सुनाए । उपभोक्ताले पैसा तिरेभन्दा सोही अनुसारको वस्तु उपलब्ध गराउनु पर्छ भन्ने उनको मान्यता भएको विष्टले भनाइ छ । ‘हामीले लिएपछि व्यापारलाई ११ गुणाले वृद्धि गरिसक्यौ,’ विष्टले भने ‘ सय करोड रुपैयाँको वार्षिक ग्यास सेल हुन्छ ।’ अहिलेको लाइफ लाइन भनेको खाना पकाउनको लागि ग्यास नै हो । उपभोक्तालाई कहिले पनि सटेज नहुने गरी हामीले व्यवस्थापन मिलाउँदै छौ ।

उद्योगले यहि अवधिमा एक हजार क्षमताको ग्यास भण्डारण गृह पनि निर्माण गरिसकेको छ । अब केही गरी ग्यास रोकियो भने पनि १२/१५ दिनलाई ग्यास उपलब्ध गराउन सक्ने क्षमता उद्योगसँग छ । नेपाल ग्यासको उद्योग रहेको स्थान बालाजु औद्योगिक क्षेत्रभित्र उक्त भण्डारण गृह निर्माण भएको छ । उक्त भण्डारण गृह विश्वकै सुरक्षित प्रविधि अपनाएर निर्माण गरिएको कम्पनीको दावी छ ।

नेपाल ग्यास किनेपछि उद्योगले आम उपभोक्तालाई सुरक्षित सिलिण्डर उपलब्ध गराउन कम्पोजिट सिलिण्डर पनि बजारमा ल्यायो । यद्यपी उच्च मूल्यका कारण यसले लोकप्रियता कमाउन सकेन । कम्पोजिट सिलिण्डरको एउटा कै नौ हजार रुपैयाँ पर्छ,’ कार्यकारी अध्यक्ष विष्टले भने ‘बजारले यसलाई एसेप्ट नै गर्न सकेन ।’

‘फलामको सिलिण्डरको तुलनामा कम्पोजिट सिलिण्डर बढी सुरक्षित हुन्छ,’ उनले थपे ‘कम्पोजिट सिलिण्डर आगो लागेपनि पडकदैन ।’ फलामको सिलिण्डर पड्कन्छ । विष्टको भनाइमा फलामको सिलिण्डर पनि कम सुरक्षित भने छैन । केही गरी आगो लागि हाल्यो भने फलामको सिलिण्डर पडकेर आगो लाग्न सक्छ ।

विष्टले चितवनमा सिलिण्डर बनाउने कम्पनी पनि स्थापना गरेका छन् । अविनाश समूहको सो सिलिण्डर उद्योगले दैनिक १५ देखि १८ हजारसम्म सिलिण्डर उत्पादन गर्छ । नेपाल ग्यासमा तीन चौथाइ विष्टको र एक चौथाइ गोकुल भण्डारीको लगानी छ ।

सोमबार उद्योगले ५० वर्षको ग्लोल्डेन जुब्ली मनाउँदै छौं । अविनाश समूहले ६ वर्ष अघि पशुपति शम्शेर राणासँग सो ग्यास उद्योग किनेको हो । गत वर्ष समूहले चितवनको नारायणी ग्यास समेत किनेर आक्रमक बजार विस्तारमा लागेको छ । समूहले राणासँग १५ करोड रुपैयाँमा उक्त ग्यास उद्योग किनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.