मरुभूमिबाट पानी आयात गर्दै जलस्रोतको धनी देश नेपाल, ९८ प्रतिशत व्यापार घाटामा

  २०७६ भदौ ७ गते २१:४६     विकासन्युज

काठमाडौं । विश्वमा नेपाल जलस्रोतको धनी देश भनेर चिनिन्छ । जलस्रोतका हिसाबले नेपाल विश्वको दोस्रो ठूलो देश भनेर पढिन्छ, सुनिन्छ । तर जलस्रोतको धनी देशमा नै गत आर्थिक वर्षमा १ करोड ७९ लाख रुपैयाँको पानी आयात भएको छ । निर्यात भने गत आर्थिक वर्षमा अमेरिकामा मात्रै ४ हजार रुपैयाँ बराबरको भएको छ । पानीकाे व्यापारमा नेपालले ९८.२२ प्रतिशत घाटा खाएकाे छ ।

व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १ करोड ७९ लाख १०४ रुपौंया मूल्य तिरेर ४ लाख २६ हजार ६२० लिटर पानी नेपाल आयात भएको छ । आर्थिक वर्ष २०७४/७५ मा विभिन्न देशबाट १ करोड ८१ लाख ६७ हजारको पनि आयात भएको थियो । सोहि आर्थिक वर्षमा १५ लाख ८ हजार ४९९ रुपैयाँको निर्यात भएको थियो ।

जलस्रोतका धनी मुलुकमा पर्ने नेपालले वर्षेनी पिउने पानी समेत आयात गर्दै आएको छ । नेपालमा हरेक वर्ष मरुभूमि भएका मुलुकबाट समेत पानी आयात गरेर नेपालीले पानी उपभोग गर्ने गरेका छन । अमेरिका यूरोपदेखि छिमेकी मुलुकबाट समेत नेपालमा पानी आयात हुने गरेको छ । विभागको तथ्याङ अनुसार शुद्ध पिउने पानीको प्राकृतिक स्रोत एकदमै कम भएका मुलुकबाट समेत नेपालमा पानी आएको छ ।
नेपालले विभिन्न ९ वटा देशबाट पानी पानी आयात गरेको छ । त्यसमा भारत, चीन, मलेसिया, फिलिपिन्स, युएई, फ्रान्स, बेलायत, थाइल्यान्ड र अमेरिकाबाट पानी आयात गरिएको छ । ती देशबाट विभिन्न ३ शीर्षकमा पानी आयात गरिएको छ ।

मिनरल वाटर शीर्षकमा १० लाख ५३ हजार ९५७ रुपैयाँको २३ हजार १९६ लिटर पानी आयात भएको छ । मिनरल वाटर सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट मात्रै ५ लाख २२ हजार ७५६ रुपैयाको ८ हजार ७६० लिटर मिनरल वाटर आयत भएको छ । थाइल्यान्ड, भारत, चीन, फिलिपिन्स, फ्रान्स र बेलायतबाट ल्याइएको छ ।

नट कन्टेनिङ सुगर, स्विटिङ म्याटर, नट फ्लेवर्ड, स्विटिङ म्याटर अर फ्लेवड शीर्षकमा १ करोड ३७ लाख ३८ हजार १४७ रुपैयाँको ४ लाख ३ हजार ४२४ मिनरल वाटर आयत भएको छ । चीन, मलेसिया, फिलिपिन्स, युएई, भारत, फ्रान्स र बेलायतबाट सो मिनरल वाटर आयत भएको छ ।

एवान मिनरल वाटर कम्पनीका सञ्चालक सुरेश श्रेष्ठले देशमा रहेका पाँचतारे होटलले उच्च गुणस्तर र ब्रान्डका पानी खोज्ने भएकाले विदेशबाट आयात गर्ने गरेको बताए । पाँचतारे होटलमा आउने कतिपय पर्यटकले अन्तर्रािष्ट्रय ब्रान्डको पानी खोज्छन् र नेपाली ब्रान्डको पानीलाई विश्वास नगर्ने गरेको बताए ।

उनले नेपालमा मिनरल वाटरको मूल्य २०६० साल देखि अहिलेसम्म एउटै भएकाले पनि नेपालमा मिनरल वाटर उत्पादन गर्ने कम्पनीहरु बन्द हुदै गएको बताए ।

‘रसुवा पानी’ काठमाडाैंमा सार्वजनिक, एशिया र मध्यपूर्वका देशमा निर्यात गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.