डिपो नहुँदा खाद्य संस्थानको चामल बिकेन, ५ सय क्वीन्टल बाँकी

  २०७६ भदौ ७ गते १६:०४     विकासन्युज

काठमाडौं । नेपाल खाद्य संस्थानको बिक्री केन्द्र नहुँदा स्थानीयवासी बजारको महङ्गो चामल खरीद गर्न बाध्य छन् । बिक्री केन्द्र पुग्न एक दिन लाग्ने भएपछि स्थानीयवासीलाई समस्या तथा संस्थानको अनुदानमा पाइन चामल बजारको पाइने चामल भन्दा सस्तो भए पनि गाउँको पहुँचमा नहुँदा खरीद गर्न समस्या भएको हो । गत आर्थिक वर्षमा १० हजार क्वीन्टल अरुवा मध्यम चामल आपूर्ति भएको उनको भनाइ छ । जसमध्ये करीब ५०० हजार क्वीन्टल बिक्री हुन बाँकी रहेको जानकारी दिए ।

जिल्लाका अधिकांश डिपो रहेका ठाउँ पुग्न स्थानीयवासीलाई एक दिन भन्दा बढी लाग्ने गर्दछ । संस्थानको घाट, घोगी र चौखास्थित डिपो जनताको पहुँचमा छैनन् । खाद्यान्नको अनुदानको चामल बिक्री नभएर गोदममै थन्किएर बजारबाट महङ्गो चामल किनेर गुजारा चलाउन बाध्य हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने स्थानीयवासीको माग छ  । बारेकोटका धुम, ताँसी, कुम्द, जिरी, मुल्सामलगायत गाउँका बासिन्दाघाट डिपो पुगेर चामल ल्याउन दिनभर हिँड्नुपर्ने बाध्यता छ ।

त्यस्तै पैराम, गर्खाकोट, बुँदीडाँडा, स्याङीलगायत गाउँका बासिन्दालाई घोगी डिपोमा पुगेर चामल ल्याउन कम्तीमा सात घण्टा लाग्छ । ध्यारगाउँ, बानियागाउँ, सिउन, वायाकाडालगायत गाउँबाट चौकास्थित डिपोमा पुगेर अनुदानको चामल ल्याउन एक दिन लाग्ने गरेको स्थानीयवासीको गुनासो छ । घाट डिपोमा पुगेर अनुदानको चामल लिन दिनभर हिँड्नुपर्ने बाध्यताले बजारको महङ्गो चामल किनेर गुजारा चलाउन बाध्य भएको बारेकोट गाउँपालिका–४ रावतजिरीका रवि रावतले बताए।

चामल बिक्री नभएपछि खाद्य संस्थानको घोगी डिपोमा पाँच सय, घाट डिपोमा ३०० र चौखा डिपोमा एक हजार ७०० क्वीन्टल गत आर्थिक वर्षकै चामल मौज्दात छ । त्यस्तै खलङ्गास्थित गोदाममा एक हजार ७०० क्वीन्टल चामल मौज्दात रहेको संस्थानले जनाएको छ । संस्थानका अनुसार डिपो र शाखा कार्यालयमा अरुवा मध्यम चामल मौज्जात रहेको हो ।

खलङ्गा गोदाम र गाउँका डिपोमा चामल किन्न स्थानीयवासी फाट्टफुट्ट आउने गरेका निमित्त कार्यालय प्रमुख रामप्रसाद पौडेलले बताए । पौडेलले भने, “दशेरा डिपोमा चामल मौज्दात छैन, दुर्गम क्षेत्रमा वर्सेनी असार र साउन महीनामा खाद्यान्नको माग बढी हुने गरेको छ, तर असार महीनामा ढुवानी नभएका कारण बिक्री कम भएको हो ।”

चालु आर्थिक वर्षका लागि नयाँ बोलपत्र आह्वान हुने समयसमेत भइसकेको कार्यालयले जनाएको छ । अहिले वर्षायाममा बाटो भत्किएको र एक्लै टाढा जान नसक्दा पनि तोकिएको वस्तु खरीद गर्न समस्या भएको स्थानीयवासीको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.