इबोलाबाट कंगोमा एक हजार ९६५ जनाको मृत्यु

  २०७६ भदौ ७ गते १५:२८     विकासन्युज

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ ।

डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा.माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ रोगी फेला परेको जनाए । उनले पछिल्ला दुई तीन सातादेखि नयाँ संक्रमित बिरामीको संख्या घट्दै गएको भन्दै यो प्रवृत्तिमा निरन्तर कमी आउने अपेक्षा गरिएको बताए ।

डब्लुएचओले यस रोगसँग जुध्न ६७० जनाभन्दा बढी कर्मचारी कंगोमा खटाएको छ । रोगको निगरानी र खोपका कारण यो रोग तिब्र गतिमा अहिले फैलिन नपाएको डाक्टरको भनाई छ । कंगोमा यो रोग सबैभन्दा बढी घातक मानिएको छ । पछिल्लो समय कंगोको उत्तरी शहर मम्बासामा यो रोग देखिएकाले सबैलाई चिन्तित बनाएको डब्लुएचओले जनाएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.