टिभिएस मोटर कम्पनीको ब्राण्ड एम्बेस्डरमा नायिका स्वस्तिमा र नायक प्रदीप खड्का

  २०७६ भदौ ७ गते १२:५२     विकासन्युज

काठमाडौं । टिभिएस मोटर कम्पनीको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री स्वस्तिमा खड्का र नायक प्रदीप खड्कालाई जगदम्बा मोटर्स प्रा.लि.ले घोषण गरेको छ । नेपालमा टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेस्डर अनुमोदन गरेको हो । जेन जेडलाई लक्षित टिभिएस एनटर्क १२५ मा विशेष प्रविधि प्लयाटफर्म टिभिएस् स्मार्ट कनेक्टेड नेपालको पहिलो कनेक्टेड स्कुटर हो ।

यस सहकार्यको बारेमा  इन्टरनेशनल बिजनेस अफ टिभिएस मोटर कम्पनीका  एक्जुकेटिभ भाइस प्रेसिडेन्ट ,आर दिलिपले भने, “हामीले अघिल्लो वर्ष नेपालको पहिलो स्पार्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सार्वजनिक गरेका थियौं र यो ब्राण्ड चाडैं नेपालमा सबैभन्दा तीव्र गतीमा वृद्धि हुने स्कुटर ब्राण्ड बनेको छ ।

स्टार स्वस्तिमा र प्रदीप देशको युवा आकांक्षाको प्रतिक हुन र यस सहकार्यले हाम्रो ब्राण्डको दृश्यता बहुसंख्यक रुपमा बढ्नेछ ।” जगदम्बा मोटर्स प्रा.लिका प्रबन्ध निर्देशक शाहिल अग्रवालले अनुमोदनको घोषणा गर्दै भने, “हाम्रो लोकप्रिय ब्राण्ड–टिभिएस एनटर्क १२५ मा मनोरञ्जन जगतका दुवै अग्रणी युवा आइकन स्वस्तिमा खड्का र प्रदीप खड्कासँग सहकार्य गर्दा खुसीसँगै यात्रा अद्भुत रहने आशा गरेका छौं ।”

अभिनेत्री स्वस्तिमा खड्काले टिभिएससँग आवद्ध भएको अवसरमा भनिन्, “टिभिएस मोटर कम्पनीसँगको मेरो यात्रा गत वषदेखि नै मजबुत रहेकोहुँदा टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर हुन पाउँदा म अत्यन्तै प्रसन्न रहेको छु, अन्य स्कुटर भन्दा म यस स्कुटरको स्टाइलिस लुक र स्मार्ट विशेषता जस्तै नेभिगेशन एसिस्ट र कलर आईडी फंगशनले मोहित भएकी छु र यस सहकार्यका लागि उत्साहित छु ।”

यस सहकार्यका बारेमा प्रदीप खड्काले भने, “म स्पोर्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छु । यो आखाँ लोभ्याउने नवयुवा स्कुटर हो र म यस ब्राण्डको स्मार्ट विशेषता र पर्फमेन्सको अनुभव लिन निकै उत्सुक भएको छु ।” टिभिएस एनटर्क १२५ मा नयाँ जेनेरेशनको सिभिटीआई आरईभिभि १२३.७९ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर कुल सीओएचसी इन्जीन रहेको छ ।

स्कुटरमा टिभिएस स्मार्ट कनेक्टेड, ब्लुटुथ इनेबल्ड प्रविधि रहेको छ जुन एनटर्क मोबाइल एपसँग जोडिएको छ र गुगल प्ले स्टोरबाट सहजै डाउनलोड गर्न सकिन्छ । स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित भएर टिभिएस एनटर्क १२५ ले सार्प, सिग्नेचर टेल र एलईडी टेल ल्याम्प सहित एग्रेसिभ स्टाईललाई मुर्त रुप दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.