आइतबारदेखि हेटौँडामा आधुनिक पशु बधशाला सञ्चालन हुने

  २०७६ भदौ ६ गते १७:२३     विकासन्युज


मकवानपुरको हेटौंडामा रहेको आधुनिक पशु बधशाला आगामी आइतबारदेखि संचालनमा आउने भएको छ । संघीय कृषि मन्त्रालय, प्रदेश ३ को कृषि मन्त्रालय, हेटौंडा उपमहानगरपालिका र मासु व्यवसायीको पहलमा बधशाला पुनः संचालनमा आउने भएको हो ।

बधशालाको शुक्रबार कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपणी खनालले अवलोकन गरेका छन् । सुरुमा बध गरिएको मासु काठमाडौ र हेटौंडामा पठाइने बधशाला साझेदार संस्था बफेलो क्वालिटी फुडका संचालक सैयाद रियाजौद्दिइनले जानकारी दिए ।

उनका अनुसार बधशालामा प्रतिघन्टा २० वटा राँगा भैंसी बध गर्न सकिने छ । राँगा, भैंसी, खसीबोका र कुखुरा बध गर्न सकिने भए पनि सुरुमा रागा भैंसी मात्र बध गरिने छ ।

उपभोक्तालाई स्वास्थकर मासु उपलव्ध गराउने, अव्यवस्थित बध प्रक्रियालाई अन्त्य गर्ने, पारिश्रमिक तिरेर अन्य उपभोक्ताले पनि पशु बध गराउने उदेश्यले बधशाला संचालन गर्न लागिएको हो । मन्त्रालयले ६१ लाख २९ हजार र संस्थाले ७० लाख सहयोगमा बधशाला संचालन हुन लागेको हो ।

डेनिस सरकारको सहयोगमा बिस २०२७ सालमा निर्माण भएको आधुनिक बधशाला २०३३ सालमा बन्द भएको थियोे । पछि बफेलो फुड्ले स्वामित्व लिएर सञ्चालन गरेको बधशाला २०७२ को भूकम्प पछि भारतले नाकाबन्दी लगाएपछि रागा आयात हुन नसकेपछी बन्द भएको थियो ।

५४.२५ रोपनी क्षेत्रफलमा फैलिएको बधशाला संचालन गरेर नमूना काम गर्न लागेको प्रदेश ३ का कृषि सचिव डा. योगेन्द्र कार्कीले बताए । स्वस्थ मासु खानका लागि हेटौंडा जस्तै अन्तका पनि बन्द रहेका बधशाला पुनः संचालन र नयाँ निर्माणका लागि पहल गर्ने कृषि मन्त्री खनालको भनाइ छ ।

यसैबीच बफेलो फुडले २ वटा चिस्यान घर र ४ वटा चिस्यान गाडी किन्नका लागि आर्थिक सहयोग उपलब्ध गराइदिन मन्त्री खनालसंग आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.