सामसङले तार्केश्वर नगरपालिकामा गर्यो विशेष सहयोग

  २०७६ भदौ ६ गते १६:१५     विकासन्युज


काठमाडौँ । सामसङ(दक्षिण कोरिया)ले काठमाडौंको तार्केश्वर नगरपालिका वडा नं. २ र ३ मा एकीकृत विकासका कार्यक्रमहरुलाई विशेष सहयोग प्रदान गरेको छ ।

स्वयम्सेवी अभियान नेपालद्वारा तार्केश्वर नगरपालिका वडा न २ र ३ मा आयोजना गरिएको महिला उद्यमशीलता, सूचना प्रविधि र अनलाईन बजार प्रबर्धन तथा सीप विकास तालिमलाई सासमङले आफ्नो तर्फबाट विशेष सहयोग प्रदान गरेको हो ।

स्वयम्सेवी अभियानले महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत महिला समूहहरु गठन गरी शिक्षा र जीवनोपयोगी सीप, लघुवित्त र उद्यमशीलता विकास परियोजनाहरु संचालन गर्दै आइरहेको छ । उक्त परियोजनालाई सामसङले प्राविधिक सहयोग प्रदान समेत गर्दै आएको छ ।

हालसम्म तार्केश्वर नगरपालिका वडा नम्बर २ मा ३८ महिला समूह गठन भई ३४६ जना र वडा नम्बर ३ मा १०९ महिला समूह गठन भई ७७६ जना महिलाहरु प्रत्यक्ष संलग्न भएका छन् ।

सामसङ इलेक्ट्रोनिक्सले विगतका केही वर्षदेखि नेपालमा पनि महिला उद्यमशीलताको लागि नेपाल स्थित विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी विभिन्न कार्यहरु सञ्चालन तथा त्यस्ता कार्यक्रमहरुमा सहयोग प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.