नेपाल हाते कागज संघको अध्यक्षमा किरणकुमार डंगोल निर्वाचित

  २०७६ भदौ ६ गते १२:४९     विकासन्युज


काठमाडौँ । नेपाल हाते कागज संघको हालै सम्पन्न १४ औं साधारण सभाले लोटस पेपर काफ्टका किरणकुमार डंगोलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरी संघको उपाध्यक्षमा इको क्राफ्ट नेपालका राधाकृष्ण धौभडेल, सचिवमा तिवारी हातेकागज उद्योगका भक्तबहादुर बस्नेत, कोषाध्यक्षमा हिमाल चेरी उमन क्राफ्ट नेपालका जुनु जोशी निर्वाचित भएका छन् ।

सदस्यहरुमा हिमालयन बायो ट्रेड प्रालिका सरस्वती राई गुरुङ, नमस्ते नेपाल हाते कागज उद्योगका इश्वरकुमार श्रेष्ठ, लोक्ता पेपर क्राफ्टका शिवहादुर श्रेष्ठ, गौरीशंकर पोर्ट रेसा एण्ड नेपाली कागजका चित्रकुमार श्रेष्ठ, पिके हिमचुली नेपाली कागज उद्योगका गणेशबहादुर बस्नेत, जुगल नेपाली हाते कागज उद्योगका बेनुदास श्रेष्ठ र नेचुरल रिसोर्सेज आर्ट पेपरका लेटरबहादुर केसी निर्वाचिन भएको निर्वाचन अधिकृत ऋषिराज सुवेदीले जनाएका छन् । संघको निवर्तमान अध्यक्षमा नेपाः भोँका मोहनकृष्ण मानन्धर रहेका छन् ।

संघमा १२२ वटा उद्योेगहरु सदस्य छन् । दिगो लोक्ता व्यवस्थापान र गुणस्तरीय कागजको उत्पादन गर्न प्रोत्साहित गर्ने र कागजसँग सम्वन्धित उद्योगहरुको हकहीतका लागी सरकारी तथा गैर सरकारी निकायसँग समन्वय गर्नु संस्थाको उद्देश्य रहेको नव निर्वाचित अध्यक्ष किरणकुमार डंगोलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.