‘बजाज भविष्यवाणी’, अब कति जितिन्छ, पहिल्यै देखिन्छ

  २०७६ भदौ ५ गते १८:०४     विकासन्युज


काठमाडौँ । दशैं र तिहार पर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ भन्ने नारा सहित ‘बजाज भविष्यवाणी’ सार्वजनिक गरेको छ ।

दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि र किने पछि कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने अवसर प्रदान गरेको छ ।

बजाजको भविष्यवाणी क्याम्पेनमा ग्राहकहरुले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गर्ने छन् । जसमार्फत उनीहरुले १ लाखसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् । साथै बजाज मोटरसाइकलको खरिद पश्चात फेरी अर्को स्क्रयाच कार्ड प्राप्त गर्नेछन्, जसमा १ लाखसम्मको नगद छुट पाउने छन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नु अगाडि नै १ लाखसम्मको नगद जित्न सक्छन् । साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.