०.९९ अंकले घट्यो नेप्से, कारोबार रकम न्यून

  २०७६ भदौ ५ गते १५:३९     विकासन्युज


काठमाडौ । साताको अन्तिम दिन विहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा घटेको छ । नेप्से परिसूचक ०.९९ अंकले घटेको हो । ०.०८ प्रतिशतले घट्दा परिसूचक १२१३.०६ बिन्दुमा पुगेको छ ।

बिहीबार सेयर बजारमा १७२ कम्पनीले कारोबार गरेका छन् । १० लाख ७७ हजार ७ सय २० कित्ता सेयर किनबेच हुँदा २६ करोड १६ लाख ७० हजार २ सय ३ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका ४ सूचक हरियो छन् भने अन्य राता रहेका छन् । होटल समूह ११.१६, अन्य समूह २.३, माइक्रो फाइनान्स समूह १.१७ र जीवन बीमा समूह ६.३ अंकले बढेका छन् ।

यस्तै, बैंक समूह ०.७१, ट्रेडिङ्ग समूह ४.८२, विकाश बंैक ५.१६, जलविद्युत समूह २.८६, वित्तीय ३.७६, निर्जीवन बीमा समूह ४२.०१, उत्पादनमूलक समूह ५.११, म्यूचुअल फण्ड ०.०१ अंकले घटेका छन् ।

सबैको लघु वित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.९६ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, सिर्जना फाइनान्स (वित्तीय संस्था) का लगानीकर्ताले ४.७४४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.