राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढुंगाना धितोपत्र बोर्डको विज्ञ सदस्य नियुक्त

  २०७६ भदौ ५ गते १५:२६     विकासन्युज


काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्मराज ढुंगानालाई नेपाल धितोपत्र बोर्डको विज्ञ सदस्यमा नियुक्त गरेका छन् ।

गत चैत महिनादेखि रिक्त रहेको बोर्डको विज्ञ सदस्यमा ढुंगानालाई नियुक्त गरिएको हो । निलबहदुर सारु मगर अवकाश भएको ६ महिनापछि ढुङ्गाना विज्ञ सदस्य नियुक्त भएका हुन् ।

कात्तिक १ गतेबाट बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्कीको कार्यकाल सकिँदैछ। कार्कीको कार्यकाल सकिएपछि ढुंगानालाई अध्यक्ष नियुक्त गर्ने गरी विज्ञ सदस्य नियुक्त गरिएको बताइएको छ ।

लामो समय राष्ट्र बैंकको विदेशी विनिमय विभागको प्रमुख भएर काम गरेका ढुङ्गाना राष्ट्र बैंकको तर्फबाट पदेन सदस्यका रुपमा नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समिति सदस्य पनि थिए। तीन महिनाअघि ढुंगाना राष्ट्र बैंकबाट अवकाश भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.