त्रिविको कामु उपकुलपतिमा सुधा त्रिपाठी, अन्य ३ विश्वविद्यालयका पनि तोकिए

  २०७६ भदौ ५ गते १५:२६     विकासन्युज

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय विश्वविद्यालयको कायममुकायम उपकुलपति नियुक्त गरेको छ।

त्रिभुवन विश्वविद्यालयसँगै सरकारले नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति नियुक्त गरेको हो।

बिहीबार बसेको कुलपति एवम् प्रधानमन्त्री, सहकुलपति एवम् शिक्षामन्त्रीसहितको बैठकले सम्बन्धित विश्वविद्यालयको पदाधिकारीमध्येबाट कामु उपकुलपति नियुक्त गरेको हो।

त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिमा रेक्टर सुधा त्रिपाठी नियुक्त भएकी छिन्। यस्तै संस्कृत विश्वविद्यालयको कामु उपकुलपतिमा रेक्टर रमेश ढकाल, पूर्वाञ्चलको कामु उपकुलपतिमा सिनियर डिन विजुकुमार थपलिया र कृषि तथा वन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा सिनियर डिन शारदा थपलिया नियुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.