सिटिभिटीमा ५ बिषयको नयाँ शुल्क तोकियो, नर्सिङ पढ्न ४ लाख ७५ हजार

  २०७६ भदौ ५ गते १३:२०     विकासन्युज

काठमाडौं प्राविधिक शिक्षा तथा तालिमा परिषद (सिटिभिटी) ले नर्सिङको डिप्लोमा/प्रमाणपत्र तहको शुल्क तोकेको छ। सिटिभिटिले नर्सिङको शुल्क ४ लाख ७५ हजर तोकेको हो।

बुधबार सुचना निकाल्दै सिटिभिटीले डिप्लोमा/प्रमाणपत्र तह तथा प्राविधिक एसएलसी तहका अन्य ४ बिषयको शुल्क तोकेको हो।

सिटिइभिटीले प्रवीणता प्रमाणपत्र तह अन्तर्गत सामान्य चिकित्सा तर्फ ४ लाख ४ हजार, डिप्लोमा इन फार्मेसीमा ३ लाख ३७ हजार ८ सय, सिएमएलाई एक लाख र अनमीलाई १ लाख २० हजार शुल्क तोकेको छ। उक्त शुल्कमा खाना र बस्ने शुल्क भने समावेश नभएको सिटिइभिटीले जनाएको छ।

तोकिएको शुल्क विद्यार्थीले ३ किस्तामा तिरिसक्नु पर्नेछ। विद्यार्थीले पहिलो किस्तामा ४० प्रतिशत, दोस्रोमा ३० प्रतिशत र तेस्रोमा पनि ३० प्रतिशत गरेर शुल्क बुझाउनु पर्नेछ। यस्तै सिटिभिटिले तोकिएको शुल्कमा खान र बस्ने शुल्क भने समावेश नभएको बताएको छ।

यस्तै विद्यार्थीहरुले आर्थिक कारोबार गर्दा अनिवार्य बैंक मार्फत गर्नुपर्ने सिटिभिटीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.