एसियन पेन्ट्स नेपालको ‘रोयल हेल्थ शिल्ड’ बजारमा

  २०७६ भदौ ५ गते १०:४७     विकासन्युज


काठमाडौँ । ग्राहकहरूको स्वास्थलाई मध्यनजर गरेर एसियन पेन्ट्स नेपालले रोयल हेल्थ शिल्ड इन्टेरियर इमल्सन पेन्ट्स सार्वजनिक गरेको छ ।

यो एक यस्तो उत्पादनको भेट हो, जुन कीटाणूहरू मार्ने, घरभित्र रहेको दुर्गन्धलाई सोसेर हावालाई शुद्ध गर्ने लगायतका असाधारण विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ । यो पेन्टबाट फूलको वास्ना पनि उत्सर्जित हुन्छ ।

यो उत्पादनमा ‘सिल्भर आयन’ प्रविधि रहेको छ, जसले ९९ प्रतिशतसम्म संक्रमण उत्पन्न गर्ने ब्याक्टेरियाहरूलाई मार्छ, जब तिनीहरू भित्तामा पुग्छन् ।

यो पेन्टले आफ्नो नवीन आविष्कारयुक्त ‘फर्माल्डिहाइड एबेटमेन्ट’ विशेषताका माध्यमबाट हावालाई शुद्ध गर्ने कम्पनीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.