भदौ ६ र ७ गते ‘दोश्रो तीज व्यापार मेला-२०७६’ हुँदै

  २०७६ भदौ ४ गते १९:१६     विकासन्युज


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श, नेपाल महिला चेम्बरद्धारा ‘दोश्रो तीज व्यापार मेला-२०७६’ आयोजना हुने भएको छ ।

राजधानीको जमलस्थित नेपाल चेम्बर अफ कमर्शमा भदौ ६ र ७ गते २ दिनसम्म आयोजना हुने सो मेलाको तयारी पूरा भएको चेम्बरले जनाएको छ ।

तीजको अवसरमा आयोजना गरिने ‘दोश्रो तीजव्यापार मेला-२०७६’ नेपालको नेपाल महिला चेम्बरको सक्रियतामा आयोजना गरिएको हो । मेलामा यो वर्ष काठमाडौंका महिलाद्धारा प्रर्बद्धित ५० फर्म/कम्पनी, संघ–संस्थाहरूको स्टल रहने नेपाल महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.