बिकासन्युजकर्मी नबिन पोखरेल सम्मानित

  २०७६ भदौ ४ गते १७:४६     विकासन्युज

काठमाडौं। बिकासन्युजकर्मी नबिन पोखरेल बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा सम्मानित भएका छन् । क्याम्पसको स्नातक तहमा राजनीति शास्त्रमा कलेज टप गर्दै पोखरेल समानित भएका हुन् ।

रत्नराज्य लक्ष्मी क्याम्पसको ५९ औं वार्षिक उत्सव समारोहमा उनलाई सम्मान प्रदान गरिएको थियो । उनी डा. बिनु बाबा अर्याल पुरस्कारबाट सम्मानित भएका हुन् । पोखरेल १ वर्ष देखि बिकासन्युजमा बीमा बिटमा कलम चलाउँदै आएका छन् ।यस्तै स्नातक तहमा पत्रकारिता तथा राजनीति शास्त्र तर्फ मनिसा थापाले उच्च अंक प्राप्त गर्दै कलेज टपरको रुपमा सम्मानित भएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.