स्वस्थ परीक्षण नगरिएको खसीबोका नेपालमा नभित्राउने कृषिमन्त्रीकाे अडान

  २०७६ भदौ ४ गते १५:३३     विकासन्युज

काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले  स्वस्थ परिक्षण नगरी खसीबोका नेपाल ल्याउन नदिने बताएका छन् ।
बुधबार काठमाडौमा भएको सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माण सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री खनालले
भने, मानव स्वास्थ्यमा रोग हुल्ने गरी नेपालमा स्वस्थ परीक्षण नगरी खसीबोका ल्याउन नदिने अडान लिएका हुन् ।

नेपाल विश्व स्वास्थ संगठनमा गएको राष्ट्र भएकोले खसीबोका आयातमा प्रतिबन्द नलगाएको भन्दै मन्त्री खनालले स्वस्थ र निरोगी खसीबोका मात्र ल्याउन दिने बताए । निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको मन्त्री खनालको भनाइ छ ।

दशैमा त देख्लास भनेका छन्, मन्त्री खनालले भने, ‘ केही फरक पर्दैन, केही कम खाइएला नभए कुखुरामा हामी आत्म निर्भर छौ त्यसैमा जोड गर्नु पर्ला भनेको छु ।’ हाम्रो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भएकोले आफै उत्पादनमा जोड दिएर र स्वस्थकर खान सकिने उनको भनाई छ ।

बधशाला सार्वजनिक, निजी, उत्पादन साझेदारी मोडल अन्तर्गत संचालित गर्न स्थानीय सरकारहरु विराटनगर, भरतपुर, पोखरा, बुटबल र कोहलपुरसँगको सहकार्यमा ५ वटा निर्माण हुने सहमति भएकाे हाे । कार्यक्रममा उक्त बधशाला निर्माण गर्ने सम्बन्धमा सहमति पत्रमा हस्ताक्षर भएको छ । त्यसका लागि भौतिक संरचना निर्माणका लागि स्थानीय र प्रदेश सरकारबाट ३२ करोड र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवसायीको तर्फबाट २२ करोड भन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.