ग्राण्डी अस्पतालमा तिजको अवसरमा भिटामिन-डि परीक्षणमा ५० प्रतिशत छुट

  २०७६ भदौ ४ गते १३:५२     विकासन्युज

काठमाडौं। तिजको अवसर पारेर ग्राण्डी अस्पतालले भिटामिन-डी टेस्टमा ५० प्रतिशत छुट व्यवस्था गरेको छ। अस्पतालले भाद्र अन्तिम सम्म छुटको व्यवस्था गरेको हो।

अस्पतालले परीक्षण शुल्क ३५ सय तोकेको छ। यस अघि यसको शुल्क सात हजार रहेको थियो। परीक्षण भित्र महिला रोगको परामर्श, मधुमेह जाँच, रगत परीक्षण, लिपिड प्रोफाइल अर्थात कोलेस्ट्रोल जाँच, महिलाको पाठेघरको जाँच, अल्ट्रासाउन्ड, थाईरोड परीक्षण गरिनेछ।

रमाइलोसँगै अस्पतालले महिलालाई स्वास्थ्यमा बिशेष ध्यान दिन जरुरी रहन सचेत गराउँदै छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ।

भिटामिन ‘डी’ शरीरका लागि निकै जरुरी छ । यसले शरीरमा क्याल्सियम नियन्त्रित गर्ने काम गर्छ, जसले तन्त्रिकाको कार्य प्रणाली तथा हड्डीलाई मजबुती प्रदान गर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ ।

शरीरमा भिटामिन डीको कमीको लक्षण देखिने गरी आउँदैन । त्यसैकारण मानिसलाई भिटामिनको कमीका कारण हुनसक्ने रोगहरूबारे सजिलै थाहा पाउँदैनन्। त्यसैले चिकित्सकहरू भिटामिन डीको नियमित चेकजाँच गर्न तथा भिटामिन ‘डी’ युक्त भोजन सेवन गर्न सल्लाह दिने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.