हुन्डाईको फेस्टिभ डिलाइट योजना, लक्की ड्र मार्फत कार जित्ने अवसर

  २०७६ भदौ ४ गते ८:५४     विकासन्युज


काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि(हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारिक विक्रेता)ले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । यो योजनाको अवधि भदौ २ गतेदेखि कात्तिक १६ गते सम्म रहेको छ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्य सहित ल्याइएको कम्पनीले जनाएको छ ।

योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क वीमा पाउने छन् । साथै स्क्रयाच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुट, लक्की–ड्र मार्फत १० जोडीलाई ४ रात-५ दिनको दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई स्यान्ट्रो एक थान र हुन्डाई भेन्यू एक थान जित्न सक्ने छन् ।

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.