कर बुझाउन फिल्म हलहरुलाई काठमाडौँ महानगरको १५ दिने उर्दी

  २०७६ भदौ ३ गते १२:५१     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चलचित्र घरले बुझाउनु पर्ने मनोरञ्जन कर बापतको बक्यौता भुक्तानीका लागि १५ दिने सूचना प्रकाशन गरेको छ ।

चलचित्र घरलाई बारम्बार जानकारी दिँदै आएता पनि आर्थिक वर्ष २०७५/७६ मा मनोरञ्जन करबापत दर्शकबाट संकलन गरेको कर हालसम्म पनि स्थानीय सरकारलाई  नबुझाएको र १५ दिन भित्रमा बिक्री गरेको टिकटको विवरणसहित बक्यौता कर तिर्न काठमाडौं महानगरले सूचना प्रकाशित गरेको छ ।

कर भुक्तानी नगरेमा कानुन अनुसार कारबाही गरिने महानगरपालिकाले सूचनामा उल्लेख गरेको छ । हाल नेपाल भरि १८५ चलचित्र घर रहेको भने प्रदेश काठमाडौं उपत्यका मात्र करिब ६० वटाभन्दा बढी हल रहेको नेपाल चलचित्र विकास बोर्डले जानकारी दिएको छ । उपत्यका भित्र रहेका अधिकांश चलचित्र घरहरु काठमाडौं महानगरमा रहेको बोर्डले जनाएको छ ।

प्रदेश ३ को आर्थिक ऐन २०७६ ले व्यवस्था गरेबमोजिम चलचित्र प्रदर्शन गर्दा प्रतिटिक बिक्रीमा आउनु मनोरञ्जन करबापत ५ प्रतिशत रकम बुझाउन महिना समाप्त भएको २५ दिनभित्र बुझाइसक्न पर्ने महानगरपालिको निर्देशन गरेकाे थियाे । महानगरपालिकाले प्रदेश ३ को आर्थिक ऐन २०७६ ले व्यवस्था गरेबमोजिम चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरन्जन करबापत लिइएको ५ प्रतिशत हुन आउने रकम बुझाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.