पुल्चोक मार्गको हिलाम्मे सडक(फोटो फिचर)

  २०७६ भदौ ६ गते १०:५५     विकासन्युज

काठमाडौं। यो दृश्य हो ललितपुरको पुल्चोक मार्गको । सेन्ट मेरिज स्कुल यही  छ। हिउँदमा धुलामे र बर्खामा हिलाम्मे यो सडकको विशेषता हो । हजारौं विद्यार्थी र आम नागरिकको आवतजावत गर्ने यो सडकको मर्मत तथा स्तरउन्नती गर्न न नागरिक न त स्थानिय सरकारले नै चाँसो देखाएको छ।

यो एकदिन मात्रा देखिने दृश्य होइन । यो करिब १ बर्ष देखी हरेक दिन धोबिघाट र पुल्चोककोको भित्री यात्रा गर्ने हरेक व्यक्तीले देख्ने दृश्य हो । पानी परेको दिनको भोली पल्ट यो बाटो हिँडन हरेकलाई सकस पर्छ। पानी परेको दिन झन् सवारीसाधन आवतजावतको त झनै कुरै नगरौं।सेन्ट मेरिजका विद्यार्थीहरु हरेक दिन एक भवनबाट अर्को भवनमा जान यस मार्गको प्रयोग गर्छन् । तर यस बिषयमा खासै चाँसो देखाएको देखिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.