सङ्खुवासभामा पहिलो पटक इन्डोस्कोपी सेवा शुरु

  २०७६ भदौ ३ गते ११:१८     विकासन्युज

खाँदबारी। जिल्ला अस्पतालमा पहिलो पटक इन्डोस्कोपी सेवा शुरु भएको छ। आइतबारदेखि सेवाको शुरुआत गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिए।

जिल्लामा इन्डोस्कोपी सेवा नहुँदा सेवाग्राही धरान, विराटनगर र काठमाडौँ जस्ता ठूला शहर जानुपर्ने बाध्यता थियो। आफ्नै जिल्लामा सेवा शुरु भएपछि स्थानीय खुशी भएका छन्।

वीर अस्पतालका डा भूपेन्द्र बस्नेतको टोलीले आइतबार र आज दुई दिन इन्डाेसकोपी सेवा दिएको जिल्ला अस्पतालले जनाएको छ। टोलीले भोजपुरको षडानन्द नगरपालिका–६ का ६० वर्षीय रामबहादुर विश्वकर्माको उपचार गरेर सेवा शुरु गरेको थियो। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.