अजेयराज सुमार्गीको ‘हेलो नेपाल’को लाइसेन्स खारेज, तिरेनन् ७९ करोड ९२ लाख बक्यौता

  २०७६ भदौ २ गते १९:४६     विकासन्युज


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र(लाइसेन्स) खारेज गरेको छ । व्यवसायी अजेयराज सुमार्गी स्वामित्वको स्वामित्व रहेको यो कम्पनीले ‘हेलो नेपाल’ ब्राण्डमा मोबाइल सेवा दिइरहेको छ ।

प्राधिकरणलाई ७९ करोड ९२ लाख बक्यौता नतिरेपछि लाइसेन्स खारेज गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । उनले भने-‘भदौ १ गतेसम्म पहिलो किस्तावापत करिब ७ करोड रुपैयाँ तिर्न प्राधिकरणले सयमसीमा दिएको थियो । तर, उसले कुनै पनि बक्यौता तिरेन ।’

मध्यपश्चिमको ग्रामीण क्षेत्रबाट सेवा थालेर सुदुरपश्चिम र पश्चिमाञ्चलमा सेवा दिन सक्ने गरी आधारभुत दूरसञ्चार सेवाको लाइसेन्स पाएको नेपाल स्याटेलाइट टेलिकम कम्पनीले प्राधिकरणबाट १८ सय ब्यान्डमा ९ मेगाहर्ज र ९ सय ब्यान्डमा ४.४ मेगहर्जको फ्रिक्वेन्सी पाएको छ । प्रवक्ता अर्यालका अनुसार प्राधिरकणले इन्टरनेट सेवा प्रदायक आइटेल कम्युनिकेशन, वेब सर्फरको लाइसेन्स पनि खारेज गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.