दर्ता नभएका औषधि बिक्री गरे प्रमाणपत्र खारेज गर्ने औषधि व्यवस्था विभागको चेतावनी

  २०७६ भदौ २ गते १७:४०     विकासन्युज

काठमाडौं। औषधी व्यवस्था विभागले कानुन बमोजिम विभागमा दर्ता नभएका औषधी बिक्रेताहरुलाई औषधी विक्री वितरण नगर्न अनुरोध गरेको छ।

विभागले सोमबार सूचना जारी गदै औषधि ऐन, २०३५ को दफा १० बमोजिम औषधि बिक्री वितारण गर्न अनुमति लिएका थोक तथा खुद्रा बिक्रेताहरुलाई दर्ता भएका औषधीहरु मात्रै बिक्रि वितरण नगर्न आग्रह गरेको हो।

विभागले निरीक्षण तथा अनुगमनको क्रममा त्यस्ता औषधिहरुको संचय, बिक्री वितरण गरेको पाइएमा औषधि ऐन बमोजिम त्यस्ता औषधिहरु जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र खारेज गरि कारबाही गरिने चेतावनी समेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.