नेपाल चेम्बर अफ कमर्स र मेडिसिटीबीच सेवा सम्बन्धि सम्झौता

  २०७६ भदौ २ गते १७:३६     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र नेपाल चेम्बर अफ कमर्सबीच सेवा सम्बन्धि सम्झौता भएको छ । कान्तिपथमा सोमबार नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतो र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको छ ।

अस्पतालका अध्यक्ष डा. महतोले नेपाल मेडिसिटी केवल अस्पताल मात्र नभई संसारकै स्वास्थ्य गन्तव्य बन्न सक्ने अभियान रहेको बताए । उनले भने यस अभियानमा नेपाल चेम्बर अफ कमर्शका आर्थिक क्षेत्रलाई बुुझेका व्यक्तिहरुले थप साथ र हौसला दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
त्यस्तै, चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वदेशमा र विदेशमा परीक्षण गर्दा उस्तै अनुुभव भएको र नेपाल मेडिसिटी अस्पतालको गुण्स्तर अन्तर्राष्ट्रिय स्तरको पाएकाले स्वदेशी अस्पताललाई साथदिन यस सम्झौता गरेको र अन्य मुलुकमा उपचारका लागि यात्रा गर्नुु स्वदेशको धनराशी बाहिर गईरहेको हुँदा त्यसलाई नियन्त्रणमा गर्न मेडिसिटीसंगको सम्झौताले सहज हुने जनाए ।

सम्झौतापश्चात नेपाल मेडिसिटी अस्पतालको सेवामा चेम्बर अफ कमर्शका सदस्य एवं कर्मचारीहरुले विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.