बीमा कम्पनीले आर्जन गरे ९५ अर्ब बीमा शुल्क, कस्को कति ?(सूची सहित)

  २०७६ भदौ २ गते १४:०६     नबिन पोखरेल


काठमाडौ । नेपालमा बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले गत आर्थिक २०७५/७६ मा ९५ अर्ब २५ करोड ४४ लाख बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिका अनुसार जीवन बीमातर्फ ७१ अर्ब ४ करोड ८६ लाख रुपैयाँ तथा निर्जीवन बीमा तर्फ २४ अर्ब २० करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा शुल्क आर्जनमा जीवन बीमा व्यवसायतर्फ नेपाल लाईफ इन्स्योरेन्स पहिलो हुँदा निर्जीवन बीमा व्यवसाय तर्फ भने शिखर इन्स्योरेन्स कम्पनी पहिलो भएको तथ्याङ्कले देखाएको छ ।

जीवन बीमा तर्फ:
जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुतर्फ नेपाल लाईफ पहिलो स्थानमा देखिन्छ भने दोस्रोमा लाईफ इन्स्योरेन्स कम्र्पोरेशन (एलआईसी) देखिन्छ । नेपाल लाईफले २३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ तथा एलआईसीले १३ अर्ब ३९ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

निर्जीवन बीमा तर्फ:
यस्तै, निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीहरु मध्ये शुल्क आर्जनको हिसाबमा शिखर इन्स्योरेन्स कम्पनी सबैभन्दा पहिलो छ भने दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको तथ्याङ्कमा देखिन्छ । शिखर इन्स्योरेन्सले ३ अर्ब ५१ करोड ९३ लाख रुपैयाँ तथा सगरमाथा इन्स्योरेन्सको २ अर्ब १७ करोड ९२ लाख बीमा शुल्क आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.