आगलागीले प्रभावित सुविसुका सेवा सबै ठाउँमा सुचारु गर्ने प्रयास जारी, ‘केही दिनमै हुन्छ’

  २०७६ भदौ २ गते १०:३८     विकासन्युज

फाइल फोटो

काठमाडौँ । इन्टरनेट तथा केबल टेलिभिजन प्रदायक कम्पनी सुविसुले कार्यालय बालुवाटारमा साउन २२ गते आगलागी भएर प्रभावित भएको सेवा लगभग सुचारु भएको भएको छ । आगलागीबाट ठूलो क्षति भएपति ग्राहकको सेवामा कुनै कमी आउन नदिने गरी सुविसु काम गरिरहेको छ ।

सुविसुका एमडी सुधिर पराजुलीका अनुसार क्षति भएका उपकरणहरु व्यवस्थापन गरिरहेको बताए । पराजुलीले भने-‘हामीले बीमा गरेका कारण नष्ट भएको धेरै सम्पत्तीको व्यवस्थापन गर्न त्यति अफ्ठ्यारो नपर्ला ।’

सुविसुले आफ्नो कम्पनीको बीमा शिखर इन्स्योरेन्स कम्पनीमा गराएको थियो । हाल दाबी भुक्तानी प्रक्रियामा रहेको एमडी पराजुलीले बताए । आगलागीबाट ठूलै क्षती भएकाले सबै ठाउँमा सेवा सुचारी हुन केही ढिलाई भएको उनले स्वीकार गरे ।

३५ करोड रुपैयाँको सामाग्रीहरुको बीमा गरिएको कम्पनीले जनाएको छ । बीमा कम्पनीले हामीलार्ई अनुसन्धान गरि रहेको छ । पहिलो चरणको इभ्यालुएसन सकिएको छ । अब बाँकी सबै अवस्थाका बारेमा केही समयमा बीमा कम्पनीमा विस्तृत विवरण जाने छ ।
सोमबार र मंगलबार धुम्बाराही लगायतका क्षेत्रमा सुविसुको सेवा केही प्रभावित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.