‘फाइभ जी’ लाई चाहिने पूर्वाधारहरु छन्, तर हामी हतार गर्दैनौँः डिल्लीराम अधिकारी

  २०७६ भदौ २ गते ९:५५     विकासन्युज


विगत डेढ दशकदेखि नेपाल टेलिकममा कार्यरत डिल्लीराम अधिकारीले अहिले उक्त संस्थाको नेतृत्व सम्हालेका छन् । दूर सञ्चार सेवामा सस्तो तथा गुणस्तरीय सेवा विस्तार गर्ने उद्देश्यका साथ अघि बढेका अधिकारी यसै आवमा नेपालभरि फोरजी सेवा विस्तार गर्न अग्रसर भएका छन् । इञ्जिनियबाट टेलिकम प्रवेश गरेर १७ वर्षको अवधिमा संस्थाको म्यानेजिङ्ग डिरेक्टर(एमडी) बन्न पुगेका अधिकारीसँग प्रविधिको विकास तथा गुणस्तरका विषयमा विकासन्युजका नविन पोखरेलले गरेको विकास वहसः

तपाई एमडी भएको ७ महिना वितेको छ । कस्तो हुँदैछ कार्य सम्पादन ? के के गर्नुभयो यो अवधिमा ?
मैले सातौँ तहको इञ्जिनियरबाट नेपाल टेलिकममा काम गर्न सुरु गरेको हुँ । टेलिकमको पहिलेदेखि नै केही आयोजनाहरु रोकिएका थिए । आन्तरिक तयारी भएपनि कतिपय आयोजनाहरु मूर्त रुपमा अघि बढ्न सकेको अवस्था थिएन । म आएपश्चात दूर सञ्चार क्षेत्रमा महत्वपूर्ण मानिने ‘फोर जी’ सेवा अगाडी बढेको छ । अहिले ‘फोर जी’ लाई कमर्सियल बनाउने तयारीका साथ कार्य सम्पादन भइरहेको छ । हामीले आगामी दशैँसम्म मुख्य सहरहरुमा ‘फोर जी’ पुर्याउने लक्ष्य राखेका छौँ । यसको काम एउटा गतिमा अघि बढिरहेको छ । मध्यपहाडी लोक मार्गमा अप्टिकल फाइवर बिच्छ्याएपछि नेपाल सरकारको, राउटर र उच्चस्तरका व्याण्ड विथ राख्ने हाम्रो योजना रहेको छ ।

नेपाल टेलिकमले गर्दै आएको काममा नेपाल सरकारको समेत विशेष चासो रहँदै आएको छ । सो कार्यको लागि ग्रामीण दूर सञ्चार कोष(आरटीडीएफ)को रकम मार्फत एनटीएले हामीलाई सहयोग गरिरहेको छ । अब हामी पुरानो प्रविधिको टेलिफोन लाइन पिएसटीएनलाई आइएमएस मार्फत विस्थापन गर्दैछौं । फाइबर टु द होम (एफटीटीएच)मा रुपान्तरण गर्ने कामहरु भइरहेका छन् । अहिले देशका प्रमुख सहरहरुमा एफटीटीएच नेटवर्क वितरण कार्य सुरु भइरहेको छ । यसको साथसाथै आवश्यक ठाउँमा नयाँ नेटवर्क विस्तार तयारीको काम पनि भइरहेको छ ।

एफटीटीएच कुन-कुन ठाउँबाट सुरु हुँदैछ ?
विराटनगर, विर्तामोड, इटहरी, जनकपूर, चितवन, पोखरा, बाग्लङ, पाल्पा, सुर्खत, नेपालजंग र काठमाडौमै पनि एफटीटीएच नेटवर्क विस्तारको काम भइरहेको छ । आगामी दिनमा हामी नयाँ योजनाहरु तय गर्दै सोही अनुसार काम गर्दै जाछौं ।

एफटीटीएचले उपभोक्तालाई के कसरी फाइदा हुन्छ ?
एफटीटीएचले एउटै तारबाट टेलिफोन, उच्चगतिको इन्टरनेट र टेलिभिजनको लागि समेत काम गर्छ । सोही कारण यो प्रविधिबाट ग्राहकहरुले त्रिपक्षीय फाइदा पाउँछन् । हाल संचालनमा रहेको एडीएसएल नेटवर्कमा भने ५ एमबीपीएस भन्दा माथि जान सकिदैन । अहिले नेपाल टेलिकमको ३ लाखभन्दा बढी एडीएसएल प्रयोगकर्ता छन् । ७ लाख भन्दा बढी पिएसटीएनका ग्राहक छन् । त्यस्तै, स्विचिङ नेटवर्कहरु हाल प्रयोगमा छैनन् । वर्तमान अवस्थामा कुनै कार्ड परिवर्तन गर्न परेमा कठिन हुने अवस्था छ । तामाको तारबाट हामीले सेवा दिँदै आएका छौं । अब ग्राहकलाई फाइवरबाट उच्च गुणस्तरको सेवा दिन लागेका छौं । आगामी दिनमा कप्पर निकालेर फाइवर राख्ने हो ।

‘फाइभ जी’ विजनेश टू विजनेश अत्यन्त छिटो चल्ने इन्टरनेट सेवा हो । ठूला विजनेश हुने देशमा यसको परीक्षण शुरु गरिएको छ । नेपाल अहिले त्यो गुणस्तरसम्म पुगेका छैन ।

‘फोर जी’ को सेवा नै हाम्रो देशमा छिटो विस्तार हुन सकिरहेको छैन, सुस्त गतिमा छ । तर, विश्व बजार ‘फाइभ जी’ को अवधारणा हिडिसकेको छ ? यस्तो अवस्थामा हामीले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्छौँ त ?
‘फाइभ जी’सेवा विश्वका विकसित देशहरुमा शुरु भएको छ । कोरिया, चाईनाजस्ता देशमा यसको परीक्षण सुरु भइरहेको छ । फाइभ जी आफैमा नयाँ प्रविधि हो । ‘फाइभ जी’ विजनेश टू विजनेश अत्यन्त छिटो चल्ने इन्टरनेट सेवा हो । ठूला विजनेश हुने देशमा यसको परीक्षण शुरु गरिएको छ । नेपाल अहिले त्यो गुणस्तरसम्म पुगेका छैन । हामीले ग्राहकको माग अनुसार काम गर्ने हो । त्यसको लागि हाम्रो सन्दर्भमा फोर जी नै ठीक छ । विश्वव्यापी रुपमा विज्ञहरुको प्रतिक्रिया हेर्दा सन् २०२५ बाट विश्व बजार ‘फाइभ जी’ मा जान सक्ने अनुमान गरिदै आएको छ । हाम्रोमा अहिले ‘फाइभ जी’ को लागि राष्ट्रिय नीति पनि बनेको अवस्था छैन ।

नेपालमा ‘फाइभ जी’ सर्पोट गर्ने मोवाइलहरु हालसम्म कसैको हात मा छैन । ‘फाइभ जी’ सन् २०२२ अगाडि आउने सम्भावना छैन । सोही कारण यो बीचको समय कसरी बस्ने भन्ने कुरा मिलाउन ‘फोर जी’ सेवा विस्तार र्न लागिएको हो । नेपालमा त ‘फोर जी’ ले नै सन् २०३० सम्मलाई धान्ने सक्ने अवस्था छ । अहिले ‘फोर जी’ आएको छ, तर पनि ‘टु जी’ का ग्राहकहरु प्रशस्तै छन् । यसको मतलव फाइभ जी आउँदा पनि ‘टु जी’, ‘थ्री जी’ र फोर जी चलाउनेहरु हुँदैनन् भन्ने होइन ।

सोही कारण विश्व ‘फाइभ जी’मा गएपनि हामीलाई हतार छैन । देशको आवश्यकता अनुसार काम गर्ने हो । नयाँ प्रविधि भित्र्याउने हो । नेपाल पनि ‘फाइभ जी’ लाई चाहिने पूर्वाधारहरु छन् । हामीसँग टावर छन्, अप्टिकल फाइवर, फाइवर नेटवर्कहरु बन्दैछन् । देशमा उद्योग धन्दा विकसित हुँदैछ । ग्राहकहरुको आवश्यकता अनुसार सेवा विस्तार गर्दै लैजाने हो । हामीमा पनि ‘फाइभ जी’ को लागि प्राथमिक आधार तयार हुन्छ । अहिले नै ‘फाइभ जी’ ल्याएमा हतार मात्र हुनेछ ।

नेपाल टेलिकमको ‘फोर जी’ केही पछाडी परेको देखिन्छ नि किन ?
प्रतिस्पर्धीहरुले आवश्यक उपकरणहरु सिधै किनेर प्रयोग गर्न सक्छन् । त्यस्तै उनीहरुलाई आर्थिक क्रियाकलापको लागि यति खर्च गर्ने हुने उति गर्न नहुने भन्ने हुँदैन, तसर्थ उनीहरुले इच्छाएको आधारमा खर्च गर्न सक्छन् । तर, नेपाल टेलिकमले खरिद ऐनको पालना गर्नुपर्छ । सोही कारण हामीले टेण्डर मार्फत नै काम गर्नु अनिवार्य हुन्छ । यसरी टेण्डर गर्दापनि कुनैपनि अपरेटरलेमिल्ने गरी काम गर्न पाउँछन् । नीजि क्षेत्रहरुले जस्तो हाल कायम रहेको नेटवर्कलाई हामीले वृद्धी गर्ने हिसाबले काम गर्न सक्दैनौं ।

यति भन्दा बढी जान पाइदैन भन्ने नियम छ । ‘थ्री जी’ लाई समेत वृद्धी गर्न आवश्यक हुन्छ । हामीले फोर जीका लागि काठमाडौं, पोखरामा काम गयौँ । तर हामीलाई थप गर्न पैसा अपुग भयो । पैसा बढेपछि ग्लोबल टण्डरमा जानुपर्ने भयो । सोही आर्थिक अभावका कारण हामीलाई ग्लोबल टेण्डरमा जान आवश्यक भयो ।

टेण्डरमा जाँदा आवश्यक कागज-पत्र तयार गर्ने, त्यसलाई चेक जाँच गर्ने तथा ४५ दिनको टेण्डर खोल्ने काम हामीले गर्नुपर्ने हुन्छ । त्यसको अनुसन्धान गर्ने लगायतका विभिन्न कामहरुले यो प्रक्रिया केहि लम्बिएको छ । त्यस्ता प्रक्रियाले नै हामीलाई केही ढिला बनाएको छ । तैपनि हाम्रो अहिलेको योजनाअनुसार एक वर्ष भित्रमा सबै स्थानीय तहमा ‘फोर जी’ सेवा बिस्तार गर्छौ । चालु आर्थिक वर्ष भित्रमा ‘फोर जी’ सेवामा पहिलो हुने उद्देश्य नै राखेर अघि बढी रहेका छौँ ।

मध्य पहाडी लोकमार्गमा फाइबर बिच्छाउने कार्यको प्रगति के-के भएका छन् ?
यस परियोजना अन्तर्गतपाँचथरको चियो–भञ्जाङ्गदेखि हामीले गोरखाको आरुघाटसम्म काम सुरु भएको छ । हामीले लगभग २१ सय ७९ किलोमिटर सम्मको लागि अप्टिकल फाइवर विस्तार गर्दैछौं । त्यसको लागि सम्झौता भइसकेको छ । साथै, आवश्यक पर्ने अप्टिकल फाइवरहरू आइसकेको छ । हामीले हरेक रुटमा अप्किल फाइवर बिच्छाउँदा सडक विभागसँग अनुमति लिन आवश्यक हुन्छ ।
आवश्यक ठाउँमा हामीले चिठ्ठी पत्र समेत पठाइसकेका छौँ । कतिपय ठाउँको सन्दर्भमा हामीले अनुमति समेत पाइसकेको अवस्था छ ।
अब ती स्थानमा काम सुरु हुने चरणमा छ । खन्ने तथा फाइबर राख्ने काम मात्र बाँकी रहेको छ । सो काम समेत छिट्टै समापन गर्ने तयारीमा छौँ ।

केही विदेश पुगेर नेपाल आएका ग्राहकहरुले समेत नेपाल टेलिकमको नेटवर्कको प्रशंसा गरेको समेत पाएका छौँ । हाम्रो सेवा, गुणस्तर तथा कभरेजको बारेमा केही ग्राहकहरुले जानकारी नपाएको कुरा सत्य हो ।

लक्ष्य अनुसार नै कामहरु समयमै सम्पन्न होलान् त ?
हामीले काम गरिसक्नु पर्ने अवधि २ वर्षको हो । सो अवधिमा काम गर्न ठेकेदारहरुसँग सल्लाह भइसकेको छ । ठेकेदार कम्पनीहरुले पनि तोकिएको समयमा काम गर्न सकिने बताउनु भएको छ । सोही कारण हामीले योजना बनाएको समय अनुसार काम गर्न सक्छौँ । वर्षाको समयमा सडक विभागले सडक खन्न दिँदैन । सोही कारण हाम्रो काम रोकिएको छ । भदौ लाग्ने वित्तिकै हाम्रो काम तीब्र रुपमा अघि बढ्ने छ ।

सरकारी संस्था भएपनि सेवामा पछाडि पर्दै आएको अवस्था छ, यसलाई सुधार गर्न तपाईहरुले के कदम चाल्ने योजना बनाउनु भएको छ ?
हामीले प्रतिस्पर्धी हुन आवश्यक छ । हाम्रो प्रतिस्पर्धामा समेत सरकार सहयोगी बन्दै आएको कुरा सत्य हो । तर, हामी प्रतिस्पर्धामा केही पछाडी परेको भने पक्कै हो । यसमा हामीलाई सार्वजनिक खरिद ऐनले केही समस्यामा पारेको छ । हरेक काममा हामीले टेण्डरको माध्यम अपनाउन आवश्यक हुन्छ । तर प्रतिस्पर्धा गर्दा चाहिँ निजी संस्थासँग गर्नु पर्छ । अहिले प्रविधिको विकास छिटो छिटो बढ्दो क्रममा रहेको छ । यस्तो अवस्थामा हामीले मल्टी नेशनल कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न त्यति सहज त छैन ।

छिटो काम गर्न आवश्यक भएकाले हामीले खरिद विधि तथा कार्यविधिमा केही सहजता अपनाउने काम गर्दै छौं । त्यसरी बनाएको कार्यविधि पनि सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट स्विकिृत हुनुपर्छ । खरिद कार्यविधि एक वर्ष देखि स्विकृत भएको छैन । सोही कारण कम्पनी ऐनले दिएको सुविधाहरु हालसम्म कार्यान्वयन भएका छैनन् । हामीले पहिले जे थियो सोही अनुसार काम गरिरहेका छौँ ।

बाहिरबाट सहजता देखिएपनि भित्र त अप्ठ्यारा पस्थितिहरू रहेछन्, समाधानका केही बाटोहरु छनोट गर्नु भएको छ कि ?
हामीले समाधानका बाटोहरु खोजिसकेका छौँ । हामीलाई नेपाल सरकार, दूर सञ्चार प्राधिकरण सबैको सहयोग रहँदै आएको छ । यही अवस्थामा हाम्रो कार्यविधि हामीले सच्याउन पाएमा थप सहज हुने थियो । हामीले विद्यमान अवस्थामा समेत धेरै काम अगाडि बढाएका छौं । गएको ६, ७ महिनालाई नै हेर्ने हो भने त्यसको परिणाम हामीले देख्न सक्छौँ । हामीले कामहरु समयमा सम्पन्न गर्न सकेकोमा सेवाको गुणस्तर, समयमैत्री प्रविधि देखि राजस्वमा योगदान दिने कुरामा सुधार गर्न सक्छौँ ।

प्रतिस्पर्धामा पछाडी छौँ भन्न खोज्नु भएको हो र ?
हामी पछाडी छौँ भन्न खोजेको त होइन । तर, हाम्रो मूल काम इन्टरनेट, टेलिफोन तथा दूर सञ्चारको सेवा दिने हो । बाँकी एप्स लगायतका काम भनेको त पछि आफैँ आउने कुरापनि हो नि त ।

प्याकेजहरु महङ्गो छन् कि सस्ता ?
प्याकेज लिएर ग्राहकहरुले न्यूनतम ३ पैसा प्रति एमबी सम्ममा सेवा उपभोग गरिरहनु भएको छ ।

इन्टरनेटको गति केही कमजोर देखिन्छ नि त किन ?
केही विदेश पुगेर नेपाल आएका ग्राहकहरुले समेत नेपाल टेलिकमको नेटवर्कको प्रशंसा गरेको समेत पाएका छौँ । हाम्रो सेवा, गुणस्तर तथा कभरेजको बारेमा केही ग्राहकहरुले जानकारी नपाएको कुरा सत्य हो । हामीले सामाजिक संजालबाट समेत त्यस्ता सूचना नपुगेका कुराहरुलाई सुधार गर्न लागेका छौँ ।

सिडिएमए पूर्ण रुपमा विस्तापित गर्न लागेको हो ?
सिडिएमए नेटवर्क अब संसारबाट नै हट्न थालेको छ । हामीले अब ग्राहकलाई अर्को प्रविधिमा ल्याउने प्रयास गरेका छौँ ।

वाई म्याक्स के भइरहेको छ ?
वाई म्याम्स भनेको ग्रामीण क्षत्रेको लागि आवश्यक प्रविधि हो । तराईमा २३ सय मेगाहर्जको वाई म्याक्स हामीले चलाउँदै आएका थियौँ । सोही बेलामा भारतमा समेत वाइ म्याक्स फ्रिक्वयन्सी नै प्रयोगमा आएका कारण हामीले बन्द गर्नु पर्ने अवस्था आयो । अब पहाडमा हामीले चलाउँने प्रयास गरेका छौँ । तराईमा भने हामी थ्री जी, फोर जी चलाउने प्रयासमा छौं ।

ग्राहकहरुको आवश्यकता अनुसार सेवा विस्तार गर्दै लैजाने हो । हामीमा पनि ‘फाइभ जी’ को लागि प्राथमिक आधार तयार हुन्छ । अहिले नै ‘फाइभ जी’ ल्याएमा हतार मात्र हुनेछ ।

तपाईँहरु नयाँ प्रविधिको प्रयोग गर्न चाहिँ खोज्ने, तर दीर्घकालीन योजना भने तय नगर्ने चाँही किन होला ?
पहिला सिम लिनका लागि मात्रैपनि भनसुन गर्नु पर्ने अवस्था थियो । अहिले नेपालको सञ्चार निकै अगाडी आएकोे छ । प्रविधि परिवर्तनहुने कुरामा मात्र हामी केही पछि परेका हौं । अब हामीले जिएसएम विस्तार गर्छौ । जहाँसम्म वाई म्याक्सको विस्तारको कुरो छ, हामीले सिडिएमए जस्तो विस्तार गर्न नसकेको पक्कै हो । यसको कारण फोर जी प्रवेश गरेकाले हो । यसमा भने हाम्रो दूरदर्शीतामा केही कमी भएको हुनसक्छ ।

अहिले हामी विश्वको बजार अनुसार अगाडि बढ्ने प्रयास गरिरहेका छौं । त्यसको उदाहरणको लागि हामीले अहिले अपनाएको फोर जी सेवा हो । साथै, भोलिको दिनमा समेत हामी फाइभ जी ल्याउन जुटने छौँ । अहिले हरेक घरमा फाइवर पुग्न पर्छ भन्नेपनि छ । अप्टिकल फाइबरको विस्तार गर्दैछौं । यस्ता कुरामा हाम्रो प्रगति हँुदैछ । अब हामी पुराना प्रविधिमा थप लगानी गदैनौ । परिमार्जन गरेर नयाँ प्रविधिमा जान्छौँ ।

जनशक्तिको अवस्था तपाईँहरुकोमा कस्तो छ ?
जनशक्ति भनेका हाम्रोमा लामो समयदेखि काम गर्दै आएकाहरू छन् । सोही कारण उनीहरुलाई प्रविधि मैत्री बनाउन तथा सिप वृद्धी गर्न हामी लागि परेका छौँ । हामीले हामीसँग उपलब्ध भएका जनशक्तिहरुलाई समेत प्रविधिमा रुपान्तरण गर्न आवश्यक छ । आधुनिक तरिकामा कर्मचारीहरुलाई लाने भनेको काम नै केही जटिल छ । सोही अनुसार नै काम गर्न अव्यस्त भइसकेको हुन्छ । मानिसको बानी परिवर्तन ल्याउनु भनेको पनि एक किसिमको कठिन काम भित्रै पर्ने रहेछ ।

हामीले सूचना मूलक प्रविधिको प्रयोग गरेर हाम्रा कामहरुलाई अनुगमन गर्ने नियन्त्रण गर्ने काम गरिहेका छौँ । सोही कारण हाम्रो उत्पादनमा समेत वृद्धी भएको छ । फोर जी आउँदै गर्दा सय जना इञ्जिनियर चीन पठाएका छौँ । त्यसरी काम अघि बढाउने योजना तय भएको छ । हामी फोर जीका लागि विश्वकै सन्दर्भमा केही पछाडि हौला । तर, नेपालमा भने हामी पहिलो नै हौँ । यस्तै, थ्री जीको कुरा गर्ने हो भने हामी दक्षिण एशियामा नै पहिलो पनि हौं । साथै, फाइभ जीको लागि पनि हामीले ५ वटा सहरमा पाइलट स्टडी अगाडि बढाएका छौं । वीरगंज, काठमाडौँ, पोखरा र विराटनगरमा प्रयोग गर्दैछौँ । फो जी पश्चात फाइभजीको कुरा गर्छौँ ।

जनशक्ति कम हुँदापनि निजी क्षेत्रकोे काम राम्रो हुने, तर सरकारीमा नहुने किन ?
निजी क्षेत्रमा बाहिरी जनशक्तीबाट काम हुने गर्छ । हाम्रो मा ६ हजार कर्मचारी थिए । अहिले ४ हजार जति छन् । यो प्रविधिको कारणले गर्दा नै भएको विस्थापन हो । साथै, हाम्रो सञ्जाल भने बढी रहेको अवस्थामा छ । निजी क्षेत्रमा पैसा राम्रो दिन्छन् तर, सरकारीमा अन्य उत्प्रेरणा जोडिएका हुन्छन् । जस्तै बिरामी पर्दा लिने बिदा, ठूलो कम्पनीमा काम गर्नुको इज्जत, स्थायी जागिर जस्ता कुरा हाम्रोमा मात्रै हुन्छन् । सरकारी संस्थामा काम गर्नु भनेको आफ्नै देशकालागि काम गर्नु हो । तर, विदेशी कम्पनीहरुमा काम गर्दा पैसापनि बाहिर जाने सम्भावना उत्तिकै हुन्छ ।

सक्रिय र निस्क्रिय सिमहरु कसरी छुट्याउँदै आउनु भएको छ ?
हामीले सिमको २ वर्षपछि रि साइकल गर्छौँ । यस्तो सन्दर्भमा विदेशिएको सिमहरु पर्न सक्छन् । यस्तो सिम नयाँ ग्राहकलाई बिक्रि गर्ने गरेका छौं ।

यस्ता सिमको बक्यौता रकम पछि काटिँदो रहेछ ? पुरानो ग्राहकले नतिरेको रकम नयाँ ग्राहकबाट काट्ने गर्नु भएको रहेछ ?
हामीले पहिले लिएका ग्राहकका सिममा कुनै बक्यौता रकम काट्ने गरेका छैनौँ । ९८५१० वाला पोष्टपेडमा भने यस्तो समस्या थियो ।

नेपाल टेलिकमको नेटवर्क चाडपर्वमा हत्तपत्त टिप्दैन नि किन होला ?
चाडपर्वमा भन्दा पनि प्राकृतिक प्रकोपका बेला भने यस्तो समस्या आउने गरेको छ । सोही चापका कारण नेटवर्क टिप्न गाह्रो भएकाे हाे । हामीले त्यस्तो ट्राफिकलाई ह्याण्डिल गर्न स्विचीङ्ग, सिस्टम कस्तो बनाउने भन्ने कुरामा भर पर्छ । हामीले पहिले एउटा डिजाइन तयार गर्छौ । सोही डिजाइन अनुसार हामीले काम गर्दै आएका हुन्छौँ । तर, त्यस्तो चापको बेलामा हामीले अनुमान गरेको भन्दा धेरै ग्राहकहरुले चलाउने हुँदा नेटवर्कमा समस्या देखिन्छ । यो समस्या हाम्रो मात्र समस्या होइन, यो त अन्य देशहरुले समेत व्यहोर्दै आएको समस्या हो ।

सय वर्षको इतिहास बोकेको धरोहरको रुपमा नेपाल टेलिकमलाई ग्राहकहरुले चिन्दै आउनु भएको छ । यो नेपालको आफ्नै कम्पनीपनि हो । नेपाल टेलिकमले कमाएको पैसा नेपालकै विकासको लागि खर्च हुन्छ ।

यसको उदाहरणको लागि पार्टी प्यालेसले बिहान ८, १०, १२ बजे, ७ बजे समय छुटयाउँदा ग्राहकहरू तालिका अनुसार जान्छन् । तर, सबै जना ग्राहकहरु एकै पटक गएमा पार्टी प्यालेसले नधान्ने निश्चित छ । सोही उदाहरण अनुसार नै हामीले सबैले एकै पटक चलाएको अवस्थामा हाम्रो नेटवर्कले धान्न सक्दैन । प्राकृतिक प्रकोप तथा चाड पर्वकोे बेलालाई लिन सकिन्छ । लागत र प्रतिफलले नै यस्तो अवस्था निर्धारण गर्ने हो ।

ग्राहकले नेपाल टेलिकम नै रोज्नुको कारण चाँही के होला ?
सय वर्षको इतिहास बोकेको धरोहरको रुपमा नेपाल टेलिकमलाई ग्राहकहरुले चिन्दै आउनु भएको छ । यो नेपालको आफ्नै कम्पनीपनि हो । नेपाल टेलिकमले कमाएको पैसा नेपालकै विकासको लागि खर्च हुन्छ । नेपाल सरकारको ९२ प्रतिशत सेयर छ । तामाकोशी, त्रिशुलीमा हाम्रो लगानी रहेको छ । जनतालाई सस्तो सुविधा दिएका कारणपनि नेपाल टेलिकम सबैको रोजाइमा पर्ने गरेको पाइन्छ ।

नेपाल टेलिकम नभएको अथवा कमजोर भएको अवस्थामा जनतालाई मह्गो हुने निश्चित छ । अहिलेसम्म नेपाल टेलिकमले १ रुपैयाँमा दिने ट्यारिफमा प्रतिस्पर्धीहरुले ३ रुपैयाँ लिदै आएका छन् । हाम्रो बजार र आवश्यकता अनुसार हामीले काम गर्ने हो । अहिलेको हाम्रो आयोजना जतिपनि अगाडी बढेको छ सबै सोही मान्यता अनुसार अघि बढिरहेको छ ।

तपाईँहरु नयाँ प्रविधि सिकाउन ग्राहकको लागि तालिमको व्यवस्था गर्दै आउनु भएको छ ?
हामीले हाल एसएमएस, फेसबुक मार्फत ग्राहकलार्ई जानकारी गराउँदै आएका छौँ । तरपनि यो पर्याप्त छैन । प्रविधिको बढ्दो पहुँचमा हामीले जनचेतना समेत बढाउन आश्यक छ । हामीले विस्तारै जनचेतना सम्बन्धी काम गर्ने तयारी गरिरहेका छौं ।

उपभोक्ताकालागि के सन्देश दिन चाहानु हुन्छ ?
उपभोक्ताहरुलाई हामीले नयाँ प्रविधि मार्फत सेवा विस्तार गर्न लागेको जानकारी गराउान चाहन्छौँ । हामीले ग्राहकहरूको सेवाको लागि काम गर्ने हो । साथै, सेवाको गुणस्तरमा समेत वृद्धी गर्ने लक्ष्य लिएका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.