श्री एयरलाइन्सले भित्र्यायो ८० सिट क्षमताको नयाँ जहाज

  २०७६ भदौ २ गते ८:२४     विकासन्युज


काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको टर्बोजेट क्वू ४०० सिरिजको जहाज ल्याएको छ ।

उक्त जहाज ओमन हुँदै भारतको अहमदाबादबाट आइतबारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यसहित नयाँ जहाज थपिएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

योसँगै श्रीसँग पाँच जहाज भएका छन् । यसअघि आन्तरिक उडानमा ५० सीट क्षमताका सिआरजे २०० जहाज दुई थान, ७० सीट क्षमताका सिआरजे ७०० जहाज दुई थान थिए । सो जहाजल पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.