चेम्वरले आर्थिक वृद्धिका लागि गर्यो साउदी राजदूतसँग छलफल

  २०७६ भदौ १ गते १८:५६     विकासन्युज

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्षले साउदी अरबका लागि नेपाली राजदूतसँग आपसी आर्थीक वृद्धिबारे छलफल गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आज साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन । चेम्बर अध्यक्ष श्रेष्ठले साउदी अरेबियासँग लगानी, व्यापार,श्रम र आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन ।

उनले बैदेशिक रोजगारीका लागि साउदी अरब प्रमुख स्थान भएको उल्लेख गर्दै दुतावासले पु¥याएको सहयोग राम्रो भएको बताए ।
उनले दुई देशबीच व्यापारिक, आर्थिक एंव लगानीको सम्बन्ध, विकास एवं सुदृढ गर्नुपर्ने, दुई देशका उद्यमी व्यवशायी बिचमा द्धिपक्षीय व्यापार एंव आर्थिक सम्बन्धको विस्तार गरि नयाँ व्यावशायिक अवसरहरुको संभावना पहिचान गर्नुपर्ने बताएका छन ।

सन् २०२० फेब्रुअरी २५ देखि २९ सम्म हुन लागको नेपाल चेम्बर एक्स्पोमा साउदी अरेबीयाबाट समेत सहभागिता हुने श्रेष्ठले बताए ।  नेपाल र साउदी अरेबीयाबीच आर्थिक एंव व्यापारिक सम्बन्धको विस्तारमा पर्यटन एउटा सम्भावित अंग भएकाले चिसो मुलुकको यात्रा गर्ने साउदीका लागि नेपाल उपयुक्त स्थान भएको अध्यक्ष श्रेष्ठले बताए ।

साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहले नेपाल पर्यटन वर्ष २०२० सफल पार्नलाई साउदी नागरिकका लागि प्रचार प्रसार पर्याप्त रुपमा गर्नुपर्ने बताएका छन । उनले नेपालबाट व्यापारीक प्रतिनिधि मण्डलले साउदी अरबियाको भ्रमण गर्ने र बि टु बि बैठक आयोजना दूताबासको पहलमा गर्न आफू तयार रहेको बताएका छन ।

यसैबीच चेम्बर अफ कमर्शको सचिवालयमा भारतका लागि नेपाली दूताबासका मिनिस्टर (इकोनोमिक) नीता पोखरेलसँग चेम्बर अध्यक्ष श्रेष्ठको छुट्टै भेट भएको छ । सो भेटमा अध्यक्ष श्रेष्ठले नेपालको भारत छिमेकी मुलुक भएकोले व्यापार, पर्यटन प्रबद्र्धन सँगसँगै जानुपर्ने स्थिती रहेको बताए । अध्यक्ष श्रेष्ठले भारतमा व्यापार/उद्योग विगत केहि वर्षदेखि उल्लेखनिय रुपमा बढेकाले त्यसको फाइदा हामीले लिन कुन मोडालिटी तयार गर्ने त्यसबारेमा भारतीय पक्षसँग छलफल गरिदिन आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.