वाई वाई ग्लोकल टिन हिरो २०१९ को अन्तिम ६ प्रतिस्पर्धी घोषणा

  २०७६ भदौ १ गते १८:३९     विकासन्युज


काठमाडौँ । देशभरबाट आएका किशोर किशोरीहरु मध्येबाट वाई वाई ग्लोकल टिन हिरो २०१९ को लागि छनोटमा परेका उत्कृस्ट ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको छ ।

यस वर्ष पनि प्रतिस्पर्धाको लागि प्रतिभा भएका किशोर किशोरीहरुले आफ्नो विविध क्षमतालाई प्रस्तुत गर्दै देशभर बाट ५८९ आवेदन प्राप्त भएको थियो । आवेदकहरुले सामाजिक कार्यदेखि पत्रकारिता, रोबोटिक्सदेखि कम्प्युटर प्रोग्रामिङ, उद्ययमशिलतादेखि सामाजिक विकासका लागि आफ्नो सीप र विशेषता प्रस्तुत गरेका थिए ।

जनकपुरका विधी मण्डल, पोखराका विक्रम पराजुली, रुपन्देहीका लोक पन्थी, मकवानपुरका रचिन कालाखेती, मोरङका समिर फुँयाल र काठमाडौँका सुप्रिया महर्जन सापकोटा उत्कृष्ट ६ जनामा पर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.