नेशनल माइक्रो फाइनान्सले वितरण गर्यो २५ लाखको राहत

  २०७६ भदौ १ गते १७:२६     विकासन्युज

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले अविरल बर्षासंगै आएको बाढीले प्रभावित तथा क्षति पुगेका ग्राहक सदस्यहरुलाई राहत वितरण गरेको छ ।

संस्थाको प्रदेश नं १ र २ अन्तर्गत शाखा कार्यालयहरु सिम्रौनगढ, सपही, सन्तपुर, हरिपुर, गोडैता, हरीपुर्वा, रामगोपालपुर, जलेश्वर, बिन्धी, मधुपट्टि र कटहरीगरि ११ शाखा कार्यालयका १२०० जना घरपरिवारलाई २५लाख बराबरको राहत वितरण गरिएको हो ।

जनही १ बोरा चामल, दाल २ किलो, खानेतेल १ लि, नुन १ किलो, नुहाउने साबुन १ वटा, कपडा धुने साबुन १ वटा, भुजा १किलो, दालमोठ १ प्याकेटका दरले बितरण गरिएको थियो ।

राहतवितरण कार्यक्रम प्रदेश र स्थानीय स्तरका जनप्रतिनिधि, समाजसेवी, राजनीतिकर्मी, सुरक्षानिकायको रोहवरमा राहत वितरण गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.