आईएमई लाइफले मनायो दोश्रो वार्षिकोत्सव, नयाँ जीवन बीमालेख सार्वजनिक

  २०७६ भदौ १ गते १७:१७     विकासन्युज


काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी दोस्रो वार्षिकोत्सब मनाएको छ ।

उक्त कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धामक उपस्थिति जनाएको बताए ।

चालु आव २०७६/७७ मा थप शाखाबिस्तार गरी बीमित, अभिकर्ता एवम् सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने जानकारी गराए ।

सोही अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभलाई मध्यनजर गरि भर्खरै बीमा समितिवाट स्वीकृती प्राप्त नयाँ जीवन बीमालेख “आइएमई सामूहिक सावधिक बोनस सहितको जीबनबीमा योजना” सार्वजनिक गर्योे ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवम् उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यान्वयन गरिने जानकारी गराए ।

ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ८५ स्थानमा शाखाकार्यालयहरु स्थापना गरी बीमा सेवा पुर्याउदै आएको जनाएको छ । साथै, कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा रु. ९१ करोड बीमाशुल्क संकलन गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत भट्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.