आशा लघुवित्तद्वारा १२ प्रतिशत सेयर लाभांश दिने घोषणा

  २०७६ भदौ १ गते १६:०९     विकासन्युज


काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई १२ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ ।

साउन ३१ बसेको कम्पनी सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने २ करोड ४८ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि सेयर लाभांश वितरण हुने कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद दुलालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.