१५ प्रतिशत नगद लाभांश दिने नेपाल एग्रो लघुवित्तको घोषणा

  २०७६ भदौ १ गते १५:५५     विकासन्युज


काठमाडौँ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

कम्पनी सञ्चालका समितिको साउन ३२ गते साँझ बसेको बैठकले चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने रकम रु. ७४ लाख ६६ हजार ६ सय ७० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि मात्र नगद लाभांश वितरण गरिने प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव तेजेन्द्र शर्मा लम्सालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.