ज्योति लाईफले कमायो १२ करोड ४६ लाख नाफा

  २०७६ भदौ १ गते १४:३४     विकासन्युज


काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/७५ भन्दा आव २०७५/७६ मा आउँदा ११ लाख ३६ हजार रुपैयाँ खुद नाफामा बढाएको छ ।

आर्थिक बर्ष २०७४/७५ मा खुद नाफामा १२ करोड ३५ लाख ९६ हजार रुपैयाँ रहेको थियो भने आव २०७५÷७६ मा १२ करोड ४६ लाख ३२ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा कम्पनीको जगेडा कोषमा ११ करोड ९९ लाख २१ हजार रुयैयाँ रहेको छ । आर्थिक बर्ष २०७५÷७६ को अन्त्यमा भने कम्पनीको जगेडा कोषमा२३ करोड २० लाख ९० हजार रुपैयाँ रहेको छ ।

यस्तै, जीवन बीमा कोषमा आव २०७४÷७५ मा १५ करोड २३ लाख ५३ हजार तथा आव २०७५/७६ मा ७२ करोठ ८८ लाख ३७ हजार रुपैयाँ रहेको छ ।
आर्थिक बर्ष २०७४/७५ मा कम्पनीको आम्दानी १८ करोड ७२ लाख ४८ हजार रुपैयाँ थियो भने आव २०७५/७६ मा१६ करोड ६८ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

ज्योति लाईफको प्रति सेयर आम्दानी ८.०९ रहेको छ भने प्रति सेयर नेटवर्थ ११६.७५ रहेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ नै कायम राखेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.