१८ अर्ब १० करोड रुपैयाँको फलफूल आयात, अघिल्लो आवभन्दा ४ अर्बको बढी

  २०७६ भदौ १ गते १२:५३     राजाराम न्यौपाने


काठमाडौं । नेपालमा अघिल्लो आर्थिक वर्ष भन्दा गत २०७५/७६ मा ४ अर्ब बढीको फलफूल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा गत अर्थिक वर्षमा मात्रै १८ अर्ब १० करोड ६१ लाख २५ हजारको फलफूल आयात भएको छ भने अघिल्लो आवमा १४ अर्ब ६९ करोड २१ लाख ११ हजार रुपैयाँ बराबरको फलफूल आयात भएको थियो । फलफूल आयातबाट सरकारले आव २०७५/७६ मा ५१ करोड २४ लाख २६ हजार राजस्व उठाएको छ ।

नेपालमा केरा, स्याउ, नास्पाती, अम्बा, सुन्तला, अनार, अंगुर, मौसम, खर्वुजा, तर्वुजा मेवा र आँप लगाएतका फलफूल विभिन्न देशबाट आयत हुने गरेको छ ।

स्याउ आयातबाट मात्रै सरकारले २६ करोड ५५ लाख ४७ हजार राजस्व उठाएको छ । सबैभन्दा धेरै स्याउ भारतबाट आयात भएको छ । भारतबाट मात्रै ३ अर्ब ६५ करोड ७४ लाख ७ हजारको ७३ अर्ब ५ करोड ५२ लाख ४० हजार ४०७ केजी स्याउ आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । विभागको तथ्याङ्क अनुसार ७७ करोड ३५ लाख ३५ हजारको १ करोड ७९ लाख ७५ हजार ६६८ केजी अम्बा आयात भएको छ ।

कृषि मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले नेपालमा फलफूलको उत्पादन नै कम हुने भएको कारणले आयात वृद्धि हुँदै गएको बताए । उनले भने-‘नेपालमा ठूलो भोलुममा फलफूल उत्पादन गर्दा मात्रै विदेशबाट आयात कम हुन्छ ।’

नेपालमा उत्पादन हुने आँपले र सुन्तलाले तीन–तीन महिना र नेपालमा उत्पादन हुने केराले करिब चार महिनाको आन्तरिक माग धान्छ । त्यसभन्दा बाहेकको समयमा विदेशबाट नै आयत हुने गरेको उनले बताए ।

स्वदेशी भन्दा विदेशी फलफूल कै माग बढी
कुलेश्वरमा फलफूल मन्डी सञ्चालक गरिरहेका रामकृष्ण घिमिरेका अनुसार नेपालमा उत्पादन भएको फलफूलहरु भन्दा पनि विदेशबाट आयत हुने फलफूल नै व्यापारीले खोज्ने गरेका छन् । विदेशबाट आयात हुने फलफुल नेपालमा उत्पादन भएको भन्दा सस्तो पर्ने भएकाले पनि विदेशी फलफूलकै माग बढी छ–उनले भने ।

भारत घर भई काठमाडौं बसेर साइकलमा फलफुल बेच्ने ठाकुर अन्सारी नेपाली फलफूल बेचेर भन्दापनि भारतबाट आएको फलफूल बेचेर धेरै फाइदा हुने बताउँछन् । उनले साइकलमा घरघरै डुलाएर फलफूल व्यापार गरी मासिक ४० हजार कमाई गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.