नेप्से नै विकेपछि १०० रुपैयाँको इक्वीटी फण्डको मूल्य ८ रुपैयाँ ९० पैसामा झर्यो

  २०७६ भदौ १ गते ११:३२     विकासन्युज

काठमाडौं । सिद्धार्थ इक्वीटी फण्डको मूल्य ८ रुपैयाँ ९० पैसामा झरेको छ । सिद्धार्थ इक्वीटी फण्डले लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिएपछि मूल्य समायोजन गर्दा यसको मूल्य ८ रुपैयाँ ९० तोकिएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । विहीबार यसको कारोबार प्रतिकित्ता १० रुपैयाँमा भएको थियो ।

सिद्धार्थ इक्वीटी फण्डको अंकित मूल्य १० रुपैयाँ हो । १ अर्ब ५० करोड रुपैयाँ बराबरको इक्वीटी फण्ड बजारमा छ । बास्तविक मूल्य १ रुपैयाँ १० पैसा घटेको भए पनि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) भने ९१ रुपैयाँ १० पैसा घटेको दावी गरेको छ ।

नेप्सेले सिद्धार्थ इक्वीटी फण्डको अंकित मूल्य १०० रुपैयाँ भएको र स्टक एक्स्चेञ्जमा १५ अर्ब रुपैयाँ बराबरको सिद्धार्थ इक्वीटी फण्ड सूचिकृत रहेको दावी गरेको छ ।

सिद्धार्थ क्यापिटलले भने अंकित मूल्य १० रुपैयाँ मात्र भएको, नेप्सेमा १५ करोड कित्ता इक्वीटी फण्ड सूचिकृत भएको र त्यसको चुक्ता मूल्य १ अर्ब ५० करोड मात्र भएको जनाएको छ ।

चन्द्रसिंह साउद महाप्रबन्धक भएपछि नेप्सेको डाटामा व्यापक अनियमितता भएको छ । सेयरसम्बन्धी डाटामा आधारित निजी व्यावसायिक कम्पनीको प्रभावमा परेर नेप्सेले आफ्नै डाटा अविश्वसनिय बनाउने काम गरेको लगानीकर्ताको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.