इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो, २ देशबीच सुमधुर सम्बन्ध

  २०७६ साउन ३२ गते १४:४२     विकासन्युज

काठमाडौं । गणतन्त्र इण्डोनेशियाको ७४औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार राजधानीमा मनाईएको छ । नेपालका लागि इण्डोनेशियाका अवैतनिक वाणिज्यदूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदूतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा एक समारोहकाबीच इण्डोनेशियाको झण्डोत्तलन गरेका छन् ।

इण्डोेनेसियको शान्ति र समृद्विको कामना गर्दै अवैतनिक बाणिज्यदूत ढकालले सन् २००८ देखि नै बिभिन्न उद्देश्यले नेपालमा बसोबास गरिरहेका इण्डोनेसियन नागरिकसँगसँगै बसेर इण्डोनेसियाको स्वतन्त्र दिवस मनाउन पाउँदा खुशी लागेको बताए । कार्यक्रममा नेपालमा बसोबास गरिरहेका इण्डोनेशियन नागरिकहरु, वाणिज्यदूत कार्यालयका कर्मचारी तथा आइएमईमा कार्यरत कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो ।

नेपाल र गणतन्त्र इण्डोनेशियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । गणतन्त्र इण्डोनेशियाले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इण्डोनेशियाको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेयता यी दुई देशबीचको सम्बन्ध थप मजबुत बन्दै आएको छ । नेपालका लागि इण्डोनेशियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ ।

इण्डोनेशिया आसियान राष्ट्रहरूमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो । साथै नेपाल र इण्डोनेशियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेको ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.