मेडिसिटीमा बिना शल्यक्रिया प्रोस्टेट समस्याको उपचार

  २०७६ साउन ३० गते १८:४३     विकासन्युज


काठमाडोँ । शारीरिक समस्याका कारण शल्यक्रिया चुनौतीपूर्ण भएका मुत्र रोगीहरुको उपचार अब शल्यक्रिया बिना नेपालमै पहिलो पटक नेपाल मेडिसिटीमा शुरु भएको छ ।

ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजीष्टहरुले नेपालमै पहिलो पटक प्रोष्टेट आर्टरी इम्बोलाइजेसन सम्भव गरेका हुन् ।

नेपाल बाहिरका थुप्रै अस्पतालमा शल्यक्रियाको विकल्पका रुपमा प्रचलित यस पद्धतिबाट ७५ वर्षीय पुरुष नेपालमै पहिलोपटक लाभान्वित भएका छन् । प्रोष्टेट ग्रन्थीलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी प्रोष्टेटलाई निष्किृय पार्ने यो पद्धतीलाई प्रोष्टेटिक आर्टरी इम्बोलाइजेसन भनिन्छ ।

मंगलबार करिब १ घण्टा लगाएर गरिएको यो प्रक्रिया पश्चात बुधबार बिरामीलाई डिस्चार्ज गर्न समेत सफल भएको असपतालका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.ओम बिजु पन्तले जानकारी गराए । उनका अनुसार विदेशमा धेरै अभ्यास गरिने प्रोष्टेटिक आर्टरी इम्बोलाइजेसन नेपालमा पहिलो पटक सम्भव भएको हो ।

बेनाइन् प्रोष्टेटिक हाइपरप्लासीया अर्थात प्रोष्टेट ग्रन्थी बढ्ने समस्या भएका व्यक्तिलाई अपनाइएको यो पद्धतिले कम्मर र तीघ्रा बिचको भागमा सानो प्वाल बनाइ प्रोष्टेट ग्रन्थीमा रक्तसञ्चार रोक्ने काम गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.