आरएमडीसीद्वारा संस्थागत कर व्यवस्थापन तालिम सम्पन्न

  २०७६ साउन ३० गते १८:३२     विकासन्युज

काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.ले साउन २८ गते संस्थागत कर व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

सो तालिममा आरएमडीसीका १५ वटा साझेदार संस्थाहरुबाट २९ जना लेखा, वित्त तथा आन्तरिक लेखापरीक्षण हेर्ने वरिष्ठ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

साझेदार संस्थाका कर्मचारीहरुमा विद्यमान आयकर प्रणाली, करका दरहरु र सोमा भएको संसोधनको बारेमा तालिम प्रदान गरिएको थियो ।

तालिमका प्रशिक्षक श्यामप्रसाद आचार्यले संस्थागत कर सम्बन्धी प्रस्तुतीकरण र छलफल गर्नुका साथै सहभागीहरुको जिज्ञासाको समाधान गरेका थिए ।

तालिमको समापन आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.