एक करोड ३० लाख लागतमा कन्काईमा ठूलो सामुदायिक भवन बन्दै

२०७६ साउन ३० गते १७:२२ विकासन्युज

काठमाडौं । झापाको कन्काई नगरपालिकामा झापा क्षेत्र नम्बर चारमा सबैभन्दा ठूलो सामुदायिक भवन निर्माण भईरहेको छ । ५ कट्ठा क्षेत्रफलमा निर्माण भईरहेको उक्त भवनको लागत १ करोड ३० लाख तोकिएको छ ।

२०७५ साल बैशाखदेखि निर्माण शुरुभएको सो भवनका लागि प्रदेश नम्बर १ को सरकारबाट १७ लाख रुपैयाँ, प्रदेश नम्बर संसद विकास कोष (झापा क्षेत्र नम्बर ४ ‘ख’)बाट ११ लाख रुपैयाँ, कन्काई नगरपालिकाबाट ९ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ ।

सुलोचना वली अध्यक्ष रहेको नर्बदेश्वर शिवालय संरक्षण समिति पहलमा निर्माण भईरहेको छ । सामुदायिक भवनका लागि २०७३ सालमा स्कन्द पुरान लगाएर ४२ लाख संकलन भएको ९ लाख खर्च भए पनि, हाल २४ लाख रुपैयाँ संकलन ९ लाख उठ्न बाँकीरहेको सामुदायिक भवन निर्माण समितिका सचिव दिपक चापागाईले बताए ।

हालसम्म ६५ प्रतिशत काम सम्पन्न भएको छ भने यो वर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको हुँदा लागतको अभाव हुन लागेमा पनि स्थानिय सरकार तथा पुरान लगाएर पैसा संकलन गरि सम्पन्न गर्ने योजना रहेको सचिव चापागाईको भनाई छ ।

उक्त भवन निर्माण समितिमा अध्यक्ष उमाप्रसाद सिटौला र कोषाध्यक्षमा इन्दिरा बराल तथा सचिव चापागाई सहित सात जना सदस्य रहेका छन् ।