समंग्र उद्योगमा प्रतिदिन ६२ हजार लिटर दुध अपुग, आयातसँगै मुल्यमा वृद्धि

  २०७६ साउन ३० गते ८:३५     विकासन्युज

काठमाडौं । भदौंकाे पहिलाे सातादेखि दुधको मूल्य हुने भएको छ । लामो समयसम्म दुधको मूल्य वृद्धि नभएको भन्दै दुधको मूल्य बढाउनु पर्ने किसानहरुको माग रहेको डेरि एशोसियसनका महासचिव प्रल्हाद दाहालले बताए । भारतको पटनाबाट आयात हुने दुधकाे मूल्य प्रतिलिटर ७ रूपैयाँ

हाल दुधको माग एक लाख ५० हजार प्रतिलिटर हो, सरकारले केहिसमय अगाडी पाउण्डर दुध प्रतिबन्द लगाएसँगै दुधको अभाव हुँदै आएको महासचिव दाहालको भनाई छ । किसानको माग प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्नु पर्ने भएपनि दुद्य सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले भदौं १ गतेदेखि दुधको मूल्य प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य वढाउने भनिएता पनि ठोस मूल्य निर्धारण हुन बाँकी रहेको हुँदा पहिलाे सातासम्म हुने जानकारी दिए ।

अन्य उत्पादनहरुको सिजन भए जस्तै दुद्य उत्पादन पनि गर्मी महिनाहरुमा कम हुने र जाडोमा बढी उत्पादन हुने गर्दछ । बजारमा दुधको आपूर्ति कम भईरहेको र त्यसलाई न्यनिकरण गर्न भारतबाट आयातित पाउण्डर माथि रोक लगाएपनि केहि दिन अगाडी देखी पाउण्डर दुद्य आयातका लागि जोड दिन विभिन्न नकाएबाट सहयोग गरेको महासचिव प्रल्हाद दाहाल जानकारी दिए ।

समग्र उद्योगमा हाल करिब ६२ हजार लिटर अपुग रहेको डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए । मुलुकमा करिब ७ लाख ९० हजार प्रतिलिटर आवश्यक छ, सुख्खा मौसमले बजारमा करिब प्रतिदिन १ लाख २० हजार लिटर दुधको अभाव रहेको छ, करिब करिब महिना दिन अभाव भएपनि पछि स्वदेशी उत्पादनले धान्ने अध्यक्ष राजभण्डारीले जानकारी दिए ।

काठमाडौं उपत्यकामा दैनिक ५ लाख लिटर दुध अपुग रहेको छ भने हाल दुद्य विकास संस्थानले करिब १ लाख लिटर बिक्री वितरण गरेको छ । निजी डेरी उद्योगहरुले प्रतिदिन करिब दुईदेखि साढे दुई लाख लिटर दुध वितरण गर्दै आएको छ । गर्मी याममा दुध खपत बढ्छ भने असोजदेखि माघसम्म दुध उत्पादन बढ्ने गर्दछन् ।

पटना सहकारी डेरीबाट महँगो मूल्यमा दुध आयात  :
बजारमा दुधको अभावसँगै निजी डेरी उद्योग र संस्थानले भारतको पटनाबाट महँगोमा दुध आयात गरिरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाउण्डर दुध आयात बन्द गरेपनि कच्चा दुध आयात का लागि भने स्वीकृति दिएको डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए ।

नेपालमा बढी उत्पादन हुँदा दुद्य विकास संस्थानले पटना सहकारीमा दुध निर्यात गरेको र हाल नेपालमा दुधको अभाव हुँदा सोही सहकारी डेरीबाट आयात गर्ने सम्झौता भएको अध्यक्ष राजभण्डारीले बताए ।

पछिल्लो समय मन्त्रालयले कच्चा दुधको आयातका लागि स्वीकृति दिएपनि विविध प्राविधिक तथा रुट व्यवस्थापनमा ढिलाई हुँदा यो सातासम्म नेपाल ल्याउने सकिने प्रयास गरिरहेको उनले भने । पटनाबाट खरिद गरिएको दुध प्रतिलिटर ७ रुपैयाँ महँगो हुन जाने दुध उद्योग संघका अध्यक्ष राजभण्डारी बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.