कामना सेवा विकास बैंकको निक्षेपमा ४५.८७ तथा कर्जामा ५२.८६ प्रतिशत बृद्धि

  २०७६ साउन २९ गते २०:२५     विकासन्युज


काठमाडौँ । कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ । गत आव २०७४/०७५ मा निक्षेप १५.७५ अर्ब रहेकोमा ४५.८७ प्रतिशतले वृद्धि भई २२.९७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बैंक सफल भएको छ ।

साथै कर्जा तर्फ सोही अवधिमा १३.२० अर्ब रहेकोमा ५२.८६ प्रतिशतले वृद्धि गरी २०.१८ अर्ब रुपैयाँ लगानी गरेको छ । २.५४ अर्ब रुपैयाँ चुक्तापूँजी भएको बैंकको जगेडा कोषमा ५०.३८ करोड रुपैंयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी १७.६९ प्रतिशतले वृद्धि भई ८८.७७ करोड रुपैयाँ पुगेको छ भने गत आ.व. मा बैंकको निष्कृय कर्जा १.१३ प्रतिशत रहेकोमा हाल ०.९० प्रतिशत कायम गर्न सफल भएको छ ।

आव २०७५/०७६ को असार मसान्तमा बैंकको पूँजीकोष अनुपात १७.०३ प्रतिशत रहेको छ । त्यस्तै प्रति शेयर आम्दानी १३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.६८ गुणा, प्रति शेयर नेटवर्थ १३१.०९ रुपैयाँ र तरलता अनुपात २२.७४ प्रतिशत रहेको छ । बैंकले समीक्षा अवधिमा आधार दरलाई ११.५९ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

बैंकले आव २०७५/०७६ मा सेवा बिस्तारका क्रममा थप ३६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा विस्तारसँगै बैंकको सञ्चालन खर्च तथा कर्मचारी खर्चमा वृद्धिका बावजुद बैंकले आर्थिक वर्ष २०७५/०७६ मा खुद मुनाफा ३२.५४ करोड रुपैयाँ आर्जन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.