जनरल इन्स्योरेन्सको प्रथम साधारण सभा सम्पन्न, ३० लाख कित्ता आईपीओ निष्काशन गर्ने

  २०७६ साउन २९ गते १९:५९     विकासन्युज


काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.को प्रथम बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा एलिस रिसेप्सन, गैरिधारा, काठमाण्डौमा साधारण सभा सम्पन्न भएको हो । सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा कम्पनीका संस्थापक अध्यक्ष झपटबहादुर बोहराले साधारण सभा उद्घाटन गरेका हुन् ।

बीमा बजारको प्रतिस्पर्धात्मक स्थिति तथा विभिन्न चुनौतीहरुको बाबजुदपनि कम्पनीले आब २०७४÷०७५ को करिब २४ कार्यदिनमा कम्पनीले १९३ बीमालेख जारी गरि रु. ३१,६९,८९१/४० बीमाशुल्क संकलन गर्न सफल भएको बताइयो । सो अनुरुप आव २०७५/०७६ मा कम्पनीले जम्मा ३१,२१७ बीमालेख जारी गरि रु. ३३,२४६१,४१२३/– बीमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ ।

आव २०७५/०७६ मा जम्मा दाबी संख्या ७३८ परेको मध्ये जम्मा दाबी संख्या ५०८ को रकम रु. ४३,७५,०००/– भुक्तान गरिएको छ ।
कम्पनीको बार्षिक साधारण सभाले जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको ३०% दरले हुने जम्मा ३०,००,००,०००/– (तीस करोड) को सेयर संख्या ३०,००,००० कित्ता आईपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैबीच कम्पनीको सञ्चालकमा निर्वाचित कुनाल कयाल, लक्ष्मीप्रसाद श्रेष्ठ, कृष्ण बोहोरा र दिपेन्द्र अग्रवालको साधारण सभाले अनुमोदन गरेको छ । कम्पनीले हाल सम्पत्ति, सामुन्द्रिक, मोटर, इन्जिनियरिङ्ग, स्वास्थ्य, कृषि, पशुपंछी तथा विविध बीमाको सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.