श्री एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडानका लागि अनुमति

  २०७६ साउन २९ गते १८:४२     विकासन्युज

काठमाडाैं । निजी वायुसेवा कम्पनी श्री एयरलाइसले अन्तराष्ट्रिय उडानको अनुमति पाएको छ । कम्पनीले बुधबार भारत र बंगलादेशका गरी पाँच शहरका लागि नियमित उडानको अनुमति पाएको जनाएको हो । कम्पनीका प्रवक्ता अनिल मानन्धरले भारतको कोलकत्ता, बेङलोर, दिल्ली, अहमाबाद र बंगलादेशको ढाकाका लागि उडान अनुमति पाएको बताए ।

उडानका लागि अन्तराष्ट्रिय रुपमा केहि मापदण्डहरु पूरा गर्नु पर्ने भएकोले अब छिट्टै नै उडान भर्न शुरु गर्ने उनले बताए । अहिले श्री एयरलाइन्सले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमाम उडान भरिरहेको छ । यस कम्पनी सँग अहिले चार वटा जेट जहाज रहेका छन् । श्री सँग अहिले ७० सिटे र ५० सिटे जहाज रहेका छन् । हालका गन्तव्यहरुबाट कम्पनीले राम्रो नाफा गर्न नसक्ने भएपछि भारत र बंगलादेश रोजेको मानन्धरले बताए ।

आउँदो शनिबार एक टर्बो प्रोब क्यू ४०० जहाज आउने उनले बताए । यो कम्पनी हेलिकप्टर कम्पनी पनि हो । कम्पनीका अहिले ६ वटा हेलिकप्टर छन् । जसले हेलिकप्टर मार्फत विगत २० वर्षदेखि सेवा दिदै आएको छ । जहाजका लागि भने दुई वर्ष देखि सेवा दिदै आएको मानन्धरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.