आत्महत्याअघि पत्रकार पुडासैनीको भिडियो: रवि लामिछाने र युवराज कँडेलले मर्न बाध्य बनाएकाे आराेप

  २०७६ साउन २९ गते १८:१८     विकासन्युज

काठमाडौं। चितवनमा आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीको मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ। दुई साता अगाडि चितवनको एक होटलमा आत्माहत्या गरेका सालिकराम केही समय अघिदेखि डिप्रेसनको औषधी खाईरहेका थिए।

भिडियोमा पुडासैनीले पत्रकार रवि लामिछानेसहित तीन जनाले आफूलाइ मार्न बाध्य बनाएको आरोप लगाएका छन्। लामिछाने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका संचालक हुन्।

रवि लामिछाने र  युवराज कँडेलले भर्खरै आफूसँग टाढिएकी प्रेमिकालाई अघि सारेर आत्महत्या गर्न बाध्य बनाएको पुडासैनीले भिडियोमा आरोप लगाएका छन्। रवि र युवराज सहकर्मी हुन् र उनीहरु दुवै न्युज ट्ववान्टीफोर टेलिभिजनसँग आवद्ध छन्।

उनले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा संलग्न रहेको बेला आफूलाई धेरै शारिरीक तथा मानसिक दुर्व्यवहार भएको आरोप पनि लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.