नागरिकलाई वित्तीय सेवामा जोड्न ई-सेवा र युके एडबीच सम्झौता

  २०७६ साउन २९ गते १७:४३     विकासन्युज


काठमाडौँ । डिजिटल माध्यमबाट ग्रामीण भेगका नागरिकहरुलाई वित्तीय सेवामा पहुँच पुर्याउन इसेवा र युके एडको सक्षमबीच सम्झौता भएको छ ।

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै इसेवा फोनपेका कार्यकारी अधिकृत सभास सापकोटाका र यूकेएडको सक्षमका तर्फबाट निर्मल दाहालले सयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस परियोजनाबाट ग्रामीण उपभोक्तालाई वित्तिय सेवाहरु प्रदान गर्ने जनाएको छ । परियोजनबाट वित्तीय सेवाहरुमा आम नागरिकको पहुँच बुद्धि गर्नुका साथै सम्पुर्ण वित्तीय सेवाहरुको पहुँच बढाउने कामको प्रवद्र्धन गर्ने रहेको छ ।

कार्यक्रममा बोल्दै सापकोटाले डिजिटल माध्यमबाट ग्रामीण भेगका बासिन्दालाई वित्तिय सेवामा पहुँच प्रदान गर्ने बताउँदै वित्तिय सेवा प्राप्त गर्ने जनसंख्याको हिस्सा पनि बृद्धि गर्ने बताए ।

ई–सेवा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । ई–सेवामा २० लाख ग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्टको सञ्जाल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.