आवश्यक परे पर्यटक आगमनमा हुने चेकिङ सिस्टम बन्द गरिने छः मन्त्री भट्टराई

२०७६ साउन २९ गते १७:३१ विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराईले आन्तरिक तथा बाह्य पर्यटके आगमनमा भइरहेको चेकिङ प्रक्रियालाई आवश्यक परे बन्द गरिने बताएका छन् ।

बुधबार नेपाल चेबर अफ कमर्सले राजधानीमा आयोजना गरेको पर्यटन क्षेत्रको प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री भट्राईले भने ‘विमानस्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आगमनमा चेक जाँच गरी अनावश्य कडाइ गरेको भन्ने कुरा आएको छ ।’ त्यस विषयमा आवश्यकता अध्ययन गरी र सम्वन्धित निकायहरु सँग छलफल गरी समस्याको समाधान खोज्ने बताएका हुन् ।
‘विदेशबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई चेकजाँचमा धेरै कडाइ गरेको भन्ने सुनेको छु’ उनले भने , कुनै कुनै देशमा आगमनका बेला चेकजाँच गरिदैन, नेपालमा पनि त्यसको आवश्यकता हेरी र सम्बन्धित निकायसँगको छलफल र विदेशीहरुको अभ्यास हेरी त्यसको समाधान खोजिने छ, आवश्यक परे आगमनमा चेकजाँच बन्द पनि गरिनेछ ।’

उनले विगतको भन्दा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा धेरै प्रगति भएको बताउँदै त्यसको भौतिक संरचना हरेर अझै पनि स्तरोन्नतीको काम अगाडी बढाउँदै लैजाने बताए । राष्ट्रिय गौरबका आयोजनाहरुको सन्दर्भका बारेमा बोल्दै आवश्यक परे पर्यटक आगमनमा हुने चेकिङ सिस्टम बन्द गरिने छः मन्त्री भट्टराईले पोखरा विमानस्थल र गौतमबुद्ध विमानस्थलको काम सन्तोषजनक रहेको उल्लेख गरे । उनले निजगढ विमानस्थलको काम पनि चाँडै शुरु हुने बताए ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्रका विभिन्न समस्या र बेथितिहरु सुनाउँदै पर्यटक आगमनमा हुने अनावश्यक पिडालाई बन्द गराउन आग्रह गरे । मन्त्री भट्राईले अब विमानस्थलका कर्मचारीहरुलाई सत्कार सिकाउन चाँडै नै तालिम प्रदान गर्ने बताए । आकाशमा जहाज होल्ड भइरहने समस्यालई कम गर्न पनि भिआईपी मुभमेन्ट कम गर्न आफु लागि पर्ने उनले बताए ।