किंङ्गस् कलेजसँगको साझेदारीमा यूरोपेली डेमोला ग्लोबल नेपालमा प्रवेश

  २०७६ साउन २९ गते १६:५७     विकासन्युज

काठमाडौं। विश्वस्तरमा प्रख्यात डेमोला ग्लोबल किंङ्गस् कलेजसँगको साझेदारीमा नेपालमा प्रवेश गरेको छ ।

निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुका लागि समस्याको पहिचानका साथसाथै नवप्रबर्तन (इनोभेसन) मा आधारित समाधानको खोजी गर्नका लागि विश्वस्तरमा प्रख्यात डेमोला ग्लोबल किंङ्गस् कलेजसँगको साझेदारीमा नेपालमा प्रवेश गरेको हो।

काठमाडौंमा बुधबार आयोजित एक समारोहबिच उक्त सम्झौताको घोषणा भएको छ।

हालसम्म विश्वको १६ वटा राष्ट्रहरुमा सञ्जाल निर्माण गरिसकेको डेमोलाले विभिन्न निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुले भोगिरहेको वा भविष्यमा भोग्न सक्ने समस्याहरुको पहिचान तथा उपायको खोजी गर्दछ ।

डेमोला ग्लोबलका अनुसार निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुको समस्यामा उक्त संस्थाको कर्मचारी तथा विद्यार्थीहरु मिलेर आठ हप्तासम्म काम गर्दछन् जसको पहिलो चरणमा कम्पनी वा संस्थाहरुको समस्याहरुको पहिचान हुन्छ भने दोश्रो चरणमा सो समस्याको सम्भाब्य नविन र श्रृजनात्मक समाधानका विकल्पहरुको खोजी गरिन्छ ।

किंङ्गस् कलेजको जानकारी अनुसार कार्यसंचालन सुरुवात घोषणाकै दिन डेमोला नेपाल र पाँचवटा नेपाली संस्थाहरुबिच सहकार्य सहमतीमा हस्ताक्षर भएको छ । यसरी सम्झौता गर्ने संस्थाहरु अन्नपूर्ण मिडिया नेटवर्क, यङ्ग इनोभेसन, काठमाडांै महानगरपालीकाको शहरी योजना आयोग, कथा नेपाल र नेक्स्ट भेन्चर्स कर्प हुन् ।

“यस प्रयासले हाल विद्यमान नेपाली शैक्षिक संस्था तथा समाज एवं सरोकारवाला संस्थाहरुबिचको दूरी कम गर्न मद्धत गर्ने विश्वास लिएका छांै,” कलेजका प्राचार्य नरोत्तम अर्याल भन्छन् ।

“यूरोपका विभिन्न देशहरु तथा जापान र चीनमा समेत सफलता हासिल गरिसकेको डेमोलामार्फत नेपालमा पनि निजी कम्पनी तथा सार्वजनीक क्षेत्रको समस्या समाधान गरी उनीहरुको भविष्यको सम्भावनाको ढोका खोल्नका लागि विद्यार्थी र औधोगीक क्षेत्रबिच संयुक्त प्रयास र ज्ञानको आदानप्रदानको संस्कृती निर्माण हुनेमा हामी विश्वस्त छौं।” अर्याल थप्छन् ।

डेमोलाका अनुसार विद्यार्थी र सम्बन्धित कम्पनी वा संस्थाको कर्मचारी बाहेक यस परियोजनामा डेमोला ग्लोबलका विज्ञहरु तथा विश्वविद्यालयका प्राध्यापकहरुले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् ।

डेमोला नेपालको कार्यसंचालन सुरुवात घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालस्थित फिनीस दूतावासकी काउन्सलर, काटी भोसले विशेषत औधोगीक क्षेत्रले भोगिरहेका आधुनीक समयको समस्या समाधानको लागि शिक्षामा आधारित अनुसन्धानमाथि जोड दिइन् । “विश्वमा हाल देखिइरहेका परिबर्तनहरुले औधोगिक क्षेत्रलाई मात्र नभएर समाजिक वातावरणलाई समेत प्रभावित गराइरहेका छन्, जसको समाधानको लागि हामीलाई नयाँ ढंगको सोचको खाँचो रहेको छ जसको लागि विश्वविद्यालय र औधोगीक क्षेत्रको साझदारी अपरीहार्य रहेको छ ।”

“किंङ्गस् कलेजसँगको साझेदारीमा डेमोला ग्लोबललाई नेपालमा भित्राउन पाउँदा हामी धेरै हर्षित छांै । यस साझेदारीसँगै हामीले हाम्रो विश्वब्यापी सञ्जाललाई थप बलियो बनाउँदै नेपाली समाज, कम्पनी तथा संस्थाहरुको लागि ज्ञान, अनुभव तथा समस्या समाधानको संयुक्त पहलको विधिलाई नेपालमा चिनाउन पाउने छांै,” डेमोला ग्लोबलको उपाध्यक्ष पेका सिल्भन भन्छन् ।

“यस परियोजनाअन्तर्गत कम्पनी वा संस्थका कर्मचारीसँग मिलेर समस्या समाधान गर्ने क्रममा विद्यार्थीहरुले औपचारीक अध्ययन सक्नुअघि नै आफ्नो क्षमता प्रमाणित गर्नेछन् । जसको कारण ती कम्पनी वा संस्थाहरुले विद्यार्थीहरुमाथि विश्वास गर्न थाल्नेछन््,” परियोजना संयोजक स्वेच्छा राजभण्डारी भन्छिन् ।

उनका अनुसार यति मात्र नभएर नेपाली विद्यार्थीहरुले डेमोला ग्लोबल संचालन भएका अन्य राष्ट्रमा गएर पनि काम गर्न पाउनेछन् भने अन्य राष्ट्रका विद्यार्थीहरुले पनि नेपालमा आएर योगदान पु¥याउन सक्नेछन् ।

यस परियोजनाबाट लाभ लिनका लागि कम्पनी वा संस्थाहरुले वर्षको चार पटक आवेदन दिन सक्नेछन् भने डेमोला नेपालले एक पटकमा जम्मा पाँचवटा कम्पनी वा संस्थाहरुलाई मात्र समावेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.